ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यानका आठ स्थानीय तहद्वारा ११ एम्बुलेन्स खरीद

२०७७ कार्तिक, २३  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । सल्यानका आठ स्थानीय तहले ११ ओटा एम्बुलेन्स खरीद गरेका छन् । स्थानीय तहमा जनप्रतिनिधि आएको झण्डै ३ वर्ष अवधिमा जिल्लाका एक नगरपालिका र सात गाउँपालिकाले ११ उक्त संख्यमा एम्बुलेन्स खरीद गरेका हुन् । जिल्लाका दश स्थानीय तहमध्ये अहिले बन्गाड कुपिण्डे नगरपालिकाले एम्बुलेन्स खरीद प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ भने शारदा नगरपालिकाले खरीद गर्ने योजना बनाएको छ ।

जिल्लाको छत्रेश्वरी गाउँपालिकाले सबैभन्दा धेरै चारओटा एम्बुलेन्स खरीद गरेको छ । खरीद गरिएका एम्बुलेन्स वडा नं २, ४, ५ र ६ लाई सञ्चालनको जिम्मा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर खड्काले जानकारी दिए । उपचारका लागि स्वास्थ्य संस्थासम्म जान नागरिकलाई समस्या भएकाले सहजताका लागि एम्बुलेन्स खरीद गरिएको उनको भनाइ छ ।

यसैगरी जिल्लाको बागचौर नगरपालिका, कपुरकोट गाउँपालिका, दार्मा गाउँपालिका, कालीमाटी गाउँपालिका र कुमाख गाउँपालिकाले एक÷एकओटा एम्बुलेन्स खरीद गरेका छन् । पहिले एउटा एम्बुलेन्स भएको त्रिवेणी गाउँपालिकाले थप एक एम्बुलेन्स खरीदको तयारी गरेको छ ।

अहिलेसम्म एम्बुलेन्सविहीन शारदा नगरपालिकाले खरीद गर्ने तयारी भएको बताएको छ । यस्तै बन्गाड कुपिण्डे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले नगरपालिका एम्बुलेन्स खरीद प्रक्रियामा रहेको बताएका छन् ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार अहिले जिल्लाभर १७ ओटा एम्बुलेन्स सञ्चालनमा छन् । कार्यालयका सूचना अधिकारी थलराज डिसीले सरकारी, निजी क्लिनिक र सहकारीको गरेर जिल्लाभर उक्त संख्यामा एम्बुलेन्स सञ्चालनमा रहेको जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)