ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

द्रुत गतिको इन्टरनेटप्रति उपभोक्ता आकर्षित

‘एफटीटीएच’ सेवाको माग बढ्दै

२०७७ कार्तिक, २३  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक

सुर्खेत । नेपाल टेलिकमले उच्च गुणस्तरीय इन्टरनेटका साथै भ्वाइस सुविधा समेत प्रयोग गर्न सकिनेगरी ल्याएको फाइबर टु दी होम (एफटीटीएच) सेवाको माग सुर्खेतमा बढ्दै गएको छ । एफटीटीएचमा एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने भएकाले उपभोक्ता यो सेवाको माग बढेको हो ।

सेलुलर मोबाइल फोनको लोकप्रियतासँगै ल्याण्डलाइन ग्राहकको संख्या घटिरहेका बेला पछिल्लो समय एफटीटीएच प्रविधिले पुनः उपभोक्तालाई ल्याण्डलाइन जडान गर्नतर्फ आकर्षित गरेको नेपाल टेलिकम सुर्खेतले बताएको छ । कार्यालयका अनुसार गतवर्ष जिल्लाभर ल्याण्डलाइन ग्राहकको संख्या ५ हजार ६०० रहेकोमा एफटीटीएच प्रविधि सञ्चालनमा आएसँगै चालू आर्थिक वर्षको कात्तिक तेस्रो सातासम्ममा ६ हजार ग्राहक पुगेका छन् ।

नेपाल टेलिकमले एफटीटीएच सेवा सुर्खेतभर विस्तार गरिरहेको छ । नेपाल टेलिकम सुर्खेतको तथ्यांक अनुसार एफटीटीएचको प्रयोगकर्ता सदरमुकाम वीरेन्द्रनगरमा मात्र ५०० छन् । थप विस्तारको काम भइरहेकाले अब चालू आर्थिक वर्षभित्र ६ हजार एफटीटीएच ग्राहक बनाउने लक्ष्य रहेको नेपाल टेलिकम सुर्खेत कार्यालय प्रमुख वरिष्ठ इञ्जिनीयर नारायणप्रसाद कुसीले बताए । सस्तो मूल्यमा फाइबर इन्टरनेट उपलब्ध गराउँदै आएको टेलिकमले ग्राहकको सहजताका लागि विभिन्न सुविधा उपलब्ध गराउँदै आएको उनको भनाइ छ । उनका अनुसार सोही अनुरूप हाल टेलिकमको वेबसाइट तथा एसएमएसबाटै एफटीटीएच सेवाको जानकारी लिन सकिने सुविधा उपलब्ध छ । ‘कर्णाली प्रदेशको दैलेख जिल्लाभर एफटीटीएच सेवा विस्तार भइसकेको छ,’ उनले भने, ‘छिट्टै सल्यानसँगै सल्लीबजार, सुर्खेतका छिन्चु, जहरे, मेहेलकुनालगयात क्षेत्रमा यो सेवा पुर्‍याउँदै छौं ।’

टेलिकम सुर्खेतसँगै कर्णाली प्रदेशका अन्य जिल्लामा समेत एफटीटीएच सेवा विस्तार अभियानमा जुटेको उनले बताए । उनका अनुसार यो प्रविधिमार्फत अप्टिकल फाइबर पु¥याएर ट्रिपल प्ले अर्थात् भ्वाइस, उच्च गतिको इन्टरनेट, आईपीटीबी र भिडियो सेवाहरू प्रदान गर्न सकिने भएकाले ग्राहकका लागि यो सेवा प्रभावकारी बनेको छ । हाल प्रयोगमा रहेको ल्यान्डलाइन (पीएसटीएन) टेलिफोनमा जस्तै एफटीटीएच प्रविधिबाट सञ्चालित ल्यान्डलाइनमा पनि विभिन्न माध्यमबाट महशुल बुझाउन वा रिचार्ज गर्न सकिने बताइएको छ ।
गुणस्तरीय सेवा पुर्‍याउन प्रयासरत

टेलिकमले आफ्नो सेवा अझै गुणस्तरीय, सर्वसुलभ र आधुनिक दूरसञ्चार सेवा उपलब्ध गराउने प्रयासरत रहेको सुर्खेत कार्यालय प्रमुख कुसीले बताए । कर्णालीमा टेलिकमको सेवा सुविधा थप व्यवस्थित गर्दै सर्वसुलभ बनाउने काममा कोरोना महामारी लगायत कारणले ढिलाइ भइरहेको उनको भनाइ छ । उनका अनुसार टेलिकमको कर्णाली प्रादेशिक निर्देशनालयका लागि भौतिक संरचना अपुग भएकाले सुर्खेतमा राख्नुपर्ने कार्यालय नेपालगञ्जबाटै सञ्चालन गर्नु परिरहेको छ ।

टेलिकमको कर्णाली प्रादेशिक निर्देशनालयको कार्यालय स्थापना गर्न तत्काल प्रिफ्याब घर निर्माणका लागि टेण्डर निकाले पनि मापदण्ड पुगेका निर्माणकर्ताको अभावमा हाल स्थगित गरिएको उनले बताए । उनका अनुसार प्रादेशिक निर्देशनालय कार्यालय निर्माणका लागि वीरेन्द्रनगरस्थित भेरी एफएम नजिकै जग्गा भए पनि आवश्यक प्रक्रियागत कारणले भवन निर्माणमा ढिलाइ भइरहेको छ ।

साउनदेखि सुर्खेत कार्यालयले कर्णाली प्रदेशका १० ओटै जिल्लास्थित टेलिकमका कार्यालयसँग समन्वय तथा निर्देशनात्मक कार्य गर्दे आएको छ । टेलिकमले कर्णालीमा चौथो पुस्ताको मोबाइल सेवा विस्तारमा उल्लेख्य उपलब्धि हासिल गरेको समेत कार्यालय प्रमुख कुसीले बताए । यो अवधिमा तामाको तारबाट चल्ने परम्परागत स्थानीय टेलिफोन तथा एडीएसएल सेवालाई अप्टिकल फाइबरमा आधारित एफटीटीएच सेवामा रूपान्तरण गरिएको उनको भनाइ छ । ‘अत्याधुनिक सूचना प्रविधि सञ्जाल विस्तार गर्ने लक्ष्यअनुसार ग्रामीण क्षेत्रमा दूरसञ्चारको क्षेत्र विस्तारमा कार्यालय जुटेको छ,’उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)