ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धरानमा १३२ केभी क्षमताको सबस्टेशन बन्ने

२०७७ मंसिर, १०  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar दिनेश गजमेर

धरान । धरानमा १३२ केभी क्षमताको सबस्टेशन बन्ने भएको छ । कोशी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजनाले प्रस्ताव गरे अनुसार धरानमा उक्त क्षमताको सबस्टेशन बनाउने निर्णय सरकारले गरेको हो ।

कोशी कोरिडोर प्रसारण लाइन विस्तारले धरानको पर्यटकीय गन्तव्यहरू प्रभावित हुने भन्दै धरान–२० का स्थानीयले विरोध गर्दै आएका थिए । विवाद अन्त्यका लागि नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले धरानमा सबस्टेशन बनाउने प्रस्ताव ल्याएपछि विवाद थामिएको थियो । यससँगै आयोजना, प्राधिकरण, ऊर्जा मन्त्रालयमार्फत धरानमा सबस्टेशन बनाउन प्रस्ताव गरिएको थियो । प्रस्ताव अनुसार धरानमा १३२ केभी क्षमताको सबस्टेशन बनाउन बजेट विनियोजन भइसकेको बताइएको छ ।

धरानमा सबस्टेशन बनाउन करिब १ अर्ब ७० करोड रुपैयाँ बजेट विनियोजनका साथै प्रोजेक्ट म्यानेजर समेत नियुक्त भइसकेको आयोजनाका धरान सेक्सनका कर्मचारी उदय गुरागाईंले जानकारी दिए । धरानमा विद्युत् भोल्टेजको समस्या सुधार गर्ने लक्ष्यसहित उक्त क्षमताको सबस्टेशन स्थापना गर्न लागिएको उनले बताए ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक घिसिङ धरानमा प्रसारण लाइन सम्बन्धी विवाद समाधानका लागि स्थलगत निरीक्षण र छलफल हुँदा पनि उपमेयर मञ्जु भण्डारी सुवेदी कार्यवाहक मेयर थिइन् । उपमेयर भण्डारीले सबस्टेशन बन्ने निश्चित भएकाले धरानमा विद्युत् भोल्टेजको समस्या समाधान हुने बताइन् ।

‘सबस्टेशन बनेपछि धरानमा चौबीसै घण्टा बिजुली उपलब्ध हुनेछ भने भोल्टेज समस्या पनि हुनेछैन,’ उनले भनिन्, ‘जसले गर्दा धरानमा निर्माण हुन लागेको औद्योगिक ग्राममा उद्योग, कलकारखानालाई सहज हुनेछ भने नयाँ लगानीकर्ता पनि धरानमा आकर्षित हुनेछ ।’ यस्तै बिजुलीमा आधारित उद्योग, कलकारखाना धरानमा आउने र रोजगारी सृजना अपेक्षा उनले गरिन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)