ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

७० मेट्रिक टन क्षमताको चिस्यान केन्द्र बनाउँदै वराहक्षेत्र

२०७७ मंसिर, १२  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

सुनसरी । स्थानीय उत्पादनको सुरक्षित भण्डारणका लागि वराहक्षेत्र नगरपालिकाले ७० मेट्रिक टनको चिस्यान केन्द्र (कोल्ड स्टोर)को निर्माण अन्तिम चरणमा पु¥याएको छ । प्रदेश १ सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र वराहक्षेत्र नगरपालिकाको संयुक्त लगानीमा कोल्ड स्टोर निर्माण भइरहेको छ ।

वराहक्षेत्र–६ स्थित निर्माणाधीन कोल्डस्टोर भवनमा कुल ७० मेट्रिक टन क्षमताका तीनओटा च्याम्बर राखिने नगरपालिकाकी कृषि शाखा प्रमुख तुलसा लिम्बूले जानकारी दिइन् । वराहक्षेत्रमा उत्पादित आलु, प्याज लगायत उत्पादन चिस्यानका लागि हाल विराटनगर लैजानुपर्ने बाध्यता छ । कृषकको सोही समस्या समाधानका लागि कोण्डस्टोर निर्माण अघि बढाइएको उनको भनाइ छ । आउँदो पुसभित्र काम सम्पन्न भइसक्ने उनले बताइन् । कोल्डस्टोर निर्माण भएपछि वराहक्षेत्र नगरपालिकाका कृषकले उत्पादन गरेका वस्तु आवश्यकता अनुसार भण्डारण गर्न सकिने भएकाले उचित बजार मूल्य पाउने अपेक्षा गरिएको छ ।

कृषि तथा पशु उत्पादनमा वराहक्षेत्र नगरपालिका आत्मनिर्भर रहेको छ । तराईदेखि पहाडी क्षेत्र रहेको नगरमा विभिन्न उत्पादनका ब्लक, जोन विकास भएको नगर प्रमुख निलम खनालले बताए । नगरको तराई क्षेत्रमा पर्ने वडा नं ९, १० र ११ लाई माछा जोनका रूपमा विकास गरिएको छ । यस्तै बंगुर जोनका रूपमा पनि यो क्षेत्रलाई विकास गरिएको नगर प्रमुख खनालले जानकारी दिए । ‘वराहक्षेत्रको पहाडी क्षेत्र वडा नं १ लाई बेसार, अदुवा जोनका रूपमा विकास गरिएको छ,’ उनले भने, ‘अम्रिसो लगायत उत्पादनमा प्रोत्साहित गरिएको छ भने व्यावसायिक रूपमा तरकारी खेती, कफी र स्ट्रबेरी खेतीमा प्रोत्साहन गरिएको छ ।’

सिँचाइको उचित व्यवस्था भएकाले तरकारी खेतीमा समेत नगरको तल्लो भूभाग आत्मनिर्भर रहेको नगर कृषि शाखाका जेटीए नीरबहादुर राईले बताए । ‘वडा नं ६, ८, ९, १० र ११ लगायतमा व्यावसायिक तरकारी खेती गरिन्छ,’ उनले भने, ‘नगर धान, मकै, तोरी लगायत उत्पादनमा आत्मनिर्भर छ ।’ उनका अनुसार सूर्यमुखी खेतीलाई ब्लकका रूपमा विकास गरी उत्पादन बढाउन कृषकलाई प्रोत्साहन गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)