ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुर्खेतमा एकै दिन दुई अस्पतालको शिलान्यास

२०७७ मंसिर, १५  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar आकाश तारा बयक

सुर्खेत । नेपाल सरकारले सुर्खेतमा एकै दिन दुई अस्पतालको शिलान्यास गरेको छ । वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइली अस्पताल र जिल्लाकै वराहताल गाउँपालिका–५ बड्डीचौर शुक्रवार नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले अस्पताल भवनको शिलान्यास गरेका हुन् ।

सरकारको ‘एक स्थानीय तह, एक अस्पताल’ कार्यक्रम अन्तर्गत बहुवर्षीय टेण्डरका आधारमा उक्त अस्पतालको शिलान्याससँगै निर्माण शुरू भएको छ । १८/१८ करोड रुपैयाँको लागतमा बन्न लागेका १५ शøयाका अस्पताल सञ्चालनमा आएपछि नागरिकलाई आधारभूत स्वास्थ्य सेवाका लागि बाहिर जानुपर्ने बाध्यता हट्ने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रावतले बताए । जतिसक्दो चाँडो अस्पताल निर्माण सम्पन्न गराउन र गुणस्तरीय सेवा प्रवाहका लागि सबै पक्षको जिम्मेवारी रहने उनले औंल्याए । विशेषज्ञ डाक्टरसहितको सेवा उपलब्ध रहने अस्पताल आगामी २ वर्षभित्र सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको उनले बताए ।

वीरेन्द्रनगर नगरपालिकाकी उपमेयर मोहनमाया ढकालले कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा बढ्दो जनसंख्यालाई ध्यानमा राख्दै लाटीकोइलीमा १५ शøयाको अस्पताल बनाउन लागिएको बताइन् । उक्त अस्पतालबाट नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास उनले व्यक्त गरिन् । संविधानमा स्वास्थ्यलाई मौलिक हकको रूपमा व्याख्या गरिएको छ । गम्भीर खालका रोगहरूको विशेष उपचार सेवा बाहेक प्रत्येक नागरिकलाई अन्य सम्पूर्ण आधारभूत स्वास्थ्य सेवा स्थानीय स्तरकै अस्पतालबाट पाउने व्यवस्था गर्न सरकारले ‘एक स्थानीय तह ः एउटा अस्पताल’ निर्माण योजना अघि बढाएको हो ।’

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)