ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धरानका वडालाई आर्थिक अधिकार, वडाबाटै भुक्तानी शुरू

२०७७ मंसिर, २७  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

मंसिर २७, धरान । नेपालमा पहिलो पटक सरकारी स्रेस्ता प्रणालीबाट सफ्टवेयरमा आधारित भएर धरान उपमहानगरपालिकाले वडाबाटै खर्च तथा भुक्तानी गर्ने प्रक्रियाको शुरुवात गरेको छ । संघीयताको मर्म तथा ऐन अनुसार वडा तहमा नै खर्च तथा भुक्तानी गर्ने प्रक्रिया शुरुवात गरेको हो ।

वडा कार्यालयहरुलाई नै वडाको बजेट खर्च गर्ने, लेखा राख्ने, लेखा परीक्षण गराउने, बेरुजु फछ्र्यौट गर्नेलगायत सबै अधिकार प्राप्त भएको छ । वडाको बजेट खर्च तथा भुक्तानीको लागि अब विगतमा जस्तो उपमहानगरपालिका धाइरहनुपर्ने बाध्यता हटेको छ । धरानको वडा नं १५ मा संघीय सांसद जयकुमार राईले हालै यो प्रणालीको औपचारिक शुरुवात गरेका हुन् ।

जनताले तिरेको कर जनतालाई नै नजिकको सरकार वडामार्फत खर्च गर्न पाउने प्रक्रिया शुरु भएको छ । आर्थिक प्रशासन महाशाखा प्रमुख भेषराज अधिकारीका अनुसार ऐनले अनिवार्य वडा कार्यालयमा अख्तियारी दिने व्यवस्था गरेको थियो । २–४ हजार भुक्तानीको लागि पनि वडाबाट फाइल लिएर नगरपालिका धाउनुपर्ने बाध्यता हट्दै अब सबै वडाबाट नै हुने उनले बताए । यो कार्यको लागि लेखाका ८ जना कर्मचारीलाई २० वटा वडामा जिम्मेवारी दिएर खटाइएको पनि महाशाखा प्रमुख अधिकारीले जानकारी दिए । यो बर्ष पहिलो भएको हुनाले वडाको प्राविधिकहरुले योजनाको लागत स्टिमेट गरे पनि भेरिफिकेसन गर्न भने नगरपालिकामा पठाउनुपर्ने हुन्छ । तर, स्वीकृति र भुक्तानी भने वडा कार्यालयबाट नै हुने पनि उनले बताए ।

प्रतिनिधिसभा सदस्य जयकुमार राईले नेपालमा संघीयताबारे धेरै प्रश्न उठ्ने गरेको भन्दै धरान उपमहानगरले त्यसको जवाफ दिने गरी कार्यको थालनी गरेको बताए । धरान उपमहानगरपालिकाले सबै वडाका काम गर्नुपर्ने हुँदा चाप बढ्ने गरेको थियो । उनले भने, ‘जनताले सहज, छिटोरुपमा सेवा सुविधा पाउने विश्वास गर्दछु ।’

नागरिकको अधिकार घर गाउँमै पु¥याउने अभियान अन्तर्गत आर्थिक अधिकारलाई वडा कार्यालयमा हस्तान्तरण गरेको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बताए । उनले भने, ‘अहिले तहगतरुपमा सरकारले लैजाने प्रक्रियामा छ, सबैभन्दा ठूलो अधिकार आर्थिक अधिकार हो, वडा कार्यालयलाई हस्तान्तरण गरेका छौं ।’
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)