ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धनकुटामा पीसीआर ल्याब स्थापना

२०७७ पौष, १  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ईश्वर थापा

पुस १, धनकुटा । नेपालमा कोरोना संक्रमण फैलिएको ८ महीनापछि धनकुटामा पीसीआर ल्याब स्थापना गरिएको छ । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १ करोड लागतमा धनकुटामा पीसीआर मेशिन जडान गरिएको हो । पीसीआर मेसिन जडान भएपछि धनकुटामा दैनिक तीन सय स्वाब परीक्षण गर्न सकिने भएको छ । 

पीसीआर ल्याबको मंगलवार संघीय सांसद राजेन्द्र राईले उद्घाटन गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असार १२ गते र कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिले गत भदौ २ गते धनकुटामा पीसीआर परीक्षण मेसिन राख्ने निर्णय गरेको थियो । पीसीआर परीक्षण मेसिनको उद्घाटन गर्दै सांसद राई धनकुटामा मेसिन जडान भएपछि आवश्यक जनशक्ति अभाव हुन नदिन खबरदारी गरिरहने बताए । उनले धेरै पहिले बजेट आएको भए पनि प्रक्रिया गत झन्झटले केही ढिलाइ भएको बताए । 

पीसीआर मेसिनले बढीमा ३ घण्टामा नतीजा दिने भएपछि धेरै सहज हुने जिल्ला अस्पताल धनकुटाका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. पुजन विश्वकर्माले जानकारी दिए । 

धनकुटामै कोरोना परीक्षण हुने भएपछि धनकुटासहित छिमेकी जिल्ला भोजपुर, तेह्रथुम र संखुवासभाका स्थानीयलाई कोरोना परीक्षण गर्न सहज हुने भएको छ । यसअघि पूर्वी पहाडी जिल्लामा पीसीआर मेसिन नहुँदा धरान र विराटनगरका ल्याबमा स्वाब पुर्याएर कोरोना परीक्षण गरिँदै आएको थियो । प्रदेशभरको स्वाब परीक्षण गर्ने सीमित ल्याब भएकाले पीसीआर रिपोर्टका लागि धेरै दिनसम्म कुर्नुपर्ने बाध्यता थियो ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २ करोड लागतमा धनकुटामा ४ ओटा भेन्टिलेटर सहित १० शøयाको आईसीयू कक्ष निर्माण भइरहेको छ । आईसीयू कक्ष पनि चाँडै सञ्चालनमा आउने स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईंले जानकारी दिए ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)