ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारत निर्यातमा समस्या हुँदा कम मूल्यमा अदुवा विक्री गर्न बाध्य सल्यानका किसान

२०७७ पौष, ९  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

पुस ९, सल्यान । भारत निर्यातमा समस्या हुँदा सल्यानका किसानले सस्तो मूल्यमा अदुवा विक्री गर्न बाध्य भएका छन् । वर्षेनी करोडौँको अदुवा उत्पादन हुने सल्यानमा यस वर्ष किसानले उत्पादन गरेको अदुवाले मूल्य नपाउँदा किसानहरुले सस्तोमा विक्री गर्न बाध्य भएका हुन् । 

कोरोनाका कारण नेपाल भारत सीमा नाकामा अवरोध हुँदा जिल्लामा उत्पादित अदुवाले राम्रो मूल्य पाउन नसकेको किसानहरुको भनाइ छ । सरकारले जारी गरेको लकडाउन खुला भएपनि भान्सारमा कच्चा पदार्थ निर्यातमा सहजता नहुँदा जिल्लामा उत्पादित अदुवा सस्तो मूल्यमा विक्री गर्न बाध्य भएको किसानहरुको भनाइ छ । 
शारदा नगरपालिका १४ ढारखानीका किसान शेर बहादुर गिरीले यस वर्ष ३० रुपैयाँ प्रतिकेजीमा अदुवा विक्री गर्न बाध्य भएको गुनासो गरे । गत वर्ष ४० देखी ४३ रुपैयाँ प्रतिकेजीमा विक्री हुने अदुवा यस वर्ष खरीदका लागि बाहिरबाट व्यापारी नआएको स्थानिय व्यापारीमार्फत ३० रुपैयाँ प्रतिकेजीमा विक्री गर्न बाध्य भएको जानकारी दिए ।  

‘मैले ४ रोपनी जग्गामा अदुवा खेती गरेको छु, गत वर्ष मात्रै बुर्नो, बीउ सबै गरेर रू. १ लाख ५० लाखभन्दा बढीको आम्दानी भएको थियो तर यस वर्ष भने प्रतिकेजी रू. ३० मा अदुवा विक्री गर्न बाध्य भएका छौँ’, उनले भने ‘घर खर्च चलाउने भरपर्दो माध्यम भनेकै अदुवा खेती हो, मूल्य नपाउँदा समस्या भएको छ ।’ 

जिल्लाको शारदा नगरपालिका वडा नम्बर १४ माल्नेटा ढारखानीमा रेसा नभएको बोसे जातको अदुवाको राम्रो उत्पादन हुन्छ । अन्य बाली लगाउन छोडेर अदुवा खेती गर्दै आइरहेका यहाँका किसान भने यस वर्ष मूल्य नपाउँदा समस्यामा परेका छन् । स्थानिय किसान ज्ञानदेव घर्तीले गत वर्ष अदुवा बेचेर नै रू. २ लाख ५० हजारभन्दा बढी आम्दानी गरे ।  

उनले वर्षेनी ६ रोपनी जग्गामा अदुवा खेती गर्दै आएका छन् । गत वर्ष प्रति क्वीन्टल रू. ४ हजार ३०० सम्ममा अदुवा विक्री गरेका उनी यस वर्ष रू. ३ हजार प्रतिक्वीन्टलमा विक्री गर्न बाध्य छन् । यहाँका माल्नेटा ढारखानीका गाउँका करीब २०० भन्दा बढी घरपरिवारले अदुवा खेती गर्ने गरेका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)