ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुनसरीको तालतलैयामा पर्यटक घटे

२०७७ पौष, ११  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

पुस ११, सुनसरी । कोरोना महामारीले मुलुकको समग्र पर्यटन क्षेत्र प्रभावित हुँदा सुनसरीको इटहरी स्थित तालतलैया पनि यसबाट अलग रहन सकेको छैन ।

कोरोना नियन्त्रणका लागि लामो समयसम्म गरिएको बन्दाबन्दी र बढ्दो संक्रमणका कारण यस क्षेत्रमा पर्यटक आगमन घटेको छ । तालतलैयामा गत वर्ष करीब ६० हजार पर्यटक आएकोमा यो वर्ष ७ हजार मात्रै पर्यटकहरू आएको तालतलैया संरक्षण समितिका अध्यक्ष वीरबहादुर लिम्बुले बताए ।

जाडो मौसम पिकनिकको सिजन भए पनि कोरोना भाइरसको महामारीले पर्यटकहरू आउन नसकेको अध्यक्ष लिम्बुको भनाइ छ । एकैदिन वनभोजका लागि २०० ओटासम्म बसहरू आउने गर्दथे । तर यस वर्ष ८९ ओटा साना तथा ठुला सवारीहरूमा आन्तरिक पर्यटकहरूको आगमन भएको उनले बताए । 

भौतिक संरचनाहरू निर्माण बालउद्यान र चारैतिर देखिएको पानीको बहाव तथा हरियाली दृश्यले पर्यटकहरूको मन लोभ्याउने तालतलैयामा यो वर्ष आन्तरिक पर्यटक बाहेक बाह्य पर्यटकको आगमन नदेखिएको लिम्बुले बताए । इटहरी, तरहरा, धरान, धनकुटा, बेलबारी र बिर्तामोड बाहेक अन्य शहरहरूबाट पर्यटक नआएको समितिको भनाइ छ ।

पर्यटकहरूको आगमन कम भएसंगै यो वर्ष तालतलैयामा आर्थिक कारोबार पनि कम नै भएको छ । यो वर्षको मंसिर अन्तिम सम्म् आइपुग्दा करिब ६ लाख रुपैयाँ आम्दानी भएको छ । अघिल्ला वर्षहरुमा एकै दिन ४ लाख रुपैयाँसम्मको आम्दानी हुने गरेको थियो ।

सरकारले पर्यटन क्षेत्रलाइ खुल्ला गरेपनि जनमानसमा कोरोनाको त्रास कायमै रहेको कारण अझै पनि पर्यटकहरूको संख्यामा गिरावट आएको समितिका अध्यक्ष लिम्बु बताउँछन् । उनले भने, ‘पर्यटकहरूकै लागि भनेर यसै वर्ष तालतलैयामा थप भौतिक संरचनाहरू निर्माण गरिएको थियो,

लकडाउनको समयलाइ सदुपयोग गर्दै तालतलैया भित्र सरसफाइदेखि बाल उद्यान र चिडिया घरलाई थप सुधार गरिएको छ ।’शौचालयहरूको व्यवस्थापन, हरियाली वातावरण र पोखरी सरसफाइ सकेर पर्यटकहरूलाई स्वागत गर्न सिंगारिए पनि कोरोनाको त्रास कायमै रहेकाले पर्यटकहरूको संख्यामा कमी देखिएको छ ।

सरकारकै निर्देशन अनुसार आएका आन्तरिक पर्यटकहरूलाइ सुरक्षा सतर्कता अपनाएर मात्रै प्रवेश गर्न दिइएको र विभिन्न स्थानहरूमा हातधुने साबुन पानीसँगै सेनिटाइजर पनि राखिएको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)