ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महासंघ कर्णालीका पदाधिकारीले शपथ लिए

२०७७ पौष, १३  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक

सुर्खेत । नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका नवनिर्वाचित पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शपथ लिनेमा अध्यक्ष पदमबहादुर शाही, उपाध्यक्षद्वय प्रकाश उप्रेती (एसोसिएट), रजवअली मनिहार (जिल्ला, नगर), कोषाध्यक्ष सुदन श्रेष्ठ रहेका छन् ।

यस्तै, सदस्यहरूमा झविराज खत्री, सीताराम कार्की, कविराज कँडेल, कर्णबहादुर खत्री, दीपकराज खड्का, कृष्णप्रसाद कोइराला र नामग्याल तामाङ रहेका छन् ।

महासंघले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा ११ सदस्यीय कर्णाली प्रदेश उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले शपथ लिएका हुन् । ११ सदस्यीय समितिमा सबै सदस्य निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचित सदस्यलाई मुख्य निर्वाचन अधिकृत विवशकुमार बस्नेतले शपथ खुवाएका थिए ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)