ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आरती स्ट्रीपले मानेन श्रम कार्यालयको आदेश

उद्योगले श्रम अदालतमा पुनरावेदन गर्ने, आन्दोलनको तयारीमा मजदूर

२०७७ पौष, १६  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । बहुराष्ट्रिय कम्पनी आरती स्ट्रीपले श्रम कार्यालय विराटनगरको आदेश अस्वीकार गरेको छ । उद्योग प्रशासनले आदेशविरुद्ध श्रम अदालत जाने जानकारी गराएको छ । कर्कट पाता र फलामे डण्डी उत्पादन गर्दै आएको उक्त उद्योगले विना जानकारी शुक्रवारदेखि १८४ मजदूरलाई कामबाट निष्कासन गरेको आरोप श्रमिक संघको छ ।

पुनर्बहालीको माग गर्दै श्रम कार्यालय पुगेका मजदूरको उजुरीको आधारमा श्रम कार्यालय विराटनगरले निष्कासित मजदूरलाई १४ गते मंगलवार बेलुका ४ बजेसम्म पुनर्बहाली गर्न उद्योग प्रशासनलाई आदेश दिएको थियो । तर उद्योगका प्रशासन प्रमुख दिवस नेपालले श्रम कार्यालयलाई जवाफी पत्र लेख्दै आपूmहरू श्रम कार्यालयको आदेशविरुद्ध श्रम अदालत जाने जानकारी गराएका छन् ।

पुनर्बहालीको आशामा बसेका मजदूर भने आन्दोलनको तयारीमा छन् । नेपाल कारखाना श्रमिक संघ, आरती स्ट्रीप इकाइ समितिका अध्यक्ष सुरेशकुमार साहले बुधवार सम्पूर्ण मजदूरलाई आन्दोलनको तयारीका लागि जानकारी गराइएको बताए । उनीहरूले बुधवारदेखि नै कार्यालयको गेटमा धर्ना दिने कार्यक्रम शुरू गरेको जानकारी दिए । बुधवार उधौली पर्वको बिदाका कारण श्रम कार्यालय बन्द रहेकाले बिहीवार श्रम कार्यालय गएर आदेश कार्यान्वयन नभएको जानकारी दिने उनको भनाइ छ । त्यसपछि सम्पूर्ण स्थानीय निकाय, प्रशासन र प्रहरीलाई समेत जानकारी दिएर आन्दोलनको कार्यक्रम घोषणा गरिने उनले बताए ।

मजदूरको उजुरीपछि वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले आरती स्ट्रीपलाई पत्र लेख्दै पुस १४ गते मंगलवार बेलुका ४ बजेभित्र सम्पूर्ण मजदूरलाई पुनर्बहाली गरी पुस १५ गतेभित्र श्रम कार्यालयलाई लिखित जानकारी दिन आदेश दिएका थिए ।

नेपाल कारखाना श्रमिक संघको इकाइ नवीकरणका लागि सदस्यहरूको विवरण सहित श्रम कार्यालयमा पेश भएको रेकर्डका आधारमा श्रमिकको विवरण ठिक हो÷होइन लिखित जानकारी गराउनू भन्ने श्रम कार्यालयले आरती स्ट्रीप प्रशासनलाई पठाएको पत्रको जवाफ दिनुअघि नै उद्योगबाट श्रमिकलाई निष्कासन गरिएको थियो ।

आरती स्ट्रीपका प्रशासन प्रमुख दिवस नेपालले दैनिक ज्यालादारीमा काम गर्ने लोड–अनलोडका मजदूरलाई मात्र काममा रोकिएको बताए । कर्कट पाता उत्पादन गर्ने एउटा प्लान्ट मर्मत भइरहेकाले लोड अनलोडका मजदूर नचाहिएको अवस्थामा उनीहरूलाई रोकिएको तर स्थायी रूपमा काम गर्ने मजदूरलाई नरोकिएको दाबी उनले गरे ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)