ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बदामखेतीबाट गतिलो आम्दानी गर्दै सल्यानका कृषक

२०७७ पौष, १६  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन


पुस १६, सल्यान । सल्यानको कुमाख गाउँपालिका वडा नम्बर १ टाट्केका गिरिजा बिसीले पछिल्लो केही बर्षयता बदाम खेती गर्दै आएका छन् । नगदे बालीको रुपमा बदाम खेतीबाट उनले राम्रो आम्दानी गर्दै आएका छन् । यस वर्ष एक पाथीको १ सय ३० रुपैयाँका दरले बदाम विक्री भइरहेको उनले बताए ।

शारदा नगरपालिका वडा नम्बर ७ कजेरीका किसानले पनि बदाम खेती शुरु गरेका छन् । कजेरीका किसानले समूह नै गठन गरेर १ सय २० रोपनीमा बदाम खेती गरेका छन् । समूहका अध्यक्ष सुकलाल खड्काले वदाम खेतीलाई व्यावसायिक बनाउन समूह नै बनाएर खेती गरेको बताए । बदाम विक्रीमा समस्या नहुने भएपछि किसान बदाम खेतीतर्फ आकर्षित भएको उनको भनाइ छ । 

थोरै लगानीबाट राम्रो आम्दानी लिन सकिने भएपछि सल्यानका किसान बदाम खेतीको व्यावसायिक खेतीतर्फ लागेका हुन् । अहिले जिल्लाका सबै ठाउँमा बदाम खेती गर्न सकिने भए पनि शारदा नगरपालिकाको कजेरी, कालीमाटीको असुरेनी, वनगाड कुपिण्डे नगरपालिकाको कुपिण्डे, कुमाख गाउँपालिकाको कालागाउँ, शिद्धकुमाख गाउँपालिकाको बाझकाँडामा किसानले व्यावसायिक बदाम खेती गर्दै आएका छन् ।

कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार बस्नेतले सल्यानमा २ सय ३८ हेक्टर क्षेत्रफलमा बदाम खेती भइरहेको जानकारी दिए । जसबाट सल्यानमा ५ सय टन वदाम उत्पादन हुने गरेको छ । बदाम विक्रीबाट किसानले वर्षेनि ७० लाख ८५ हजार रुपैयाँ बढी आम्दानी गर्दै आइरहेको उनको भनाइ छ । 

कृषि विकास कार्यालय सल्यानले बदाम खेतीलाई प्रवद्र्धन गर्न मल, बिउ, सिँचाइ, खेत जोत्न मिनीटेलर र बदाम स्टोर गर्न आवश्यक सामग्रीमा सहयोग गर्दै आएको छ । जिल्लामा बदाम खेती प्रवद्र्धन पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको छ । शारदा नगरपालिकाको कजेरी र कालीमाटी असुरेनीमा बदाम पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)