ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्यातमूलक उद्योगको आयकरमा छूटको माग

२०७७ पौष, १७  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । निर्यातमूलक उद्योगको आयकरमा छूट हुनुपर्ने र एकीकृत भन्सार जाँचचौकी (आईसीपी)बाट हुने आयात निर्यातमा पूर्वाधारको अभावमा भइरहेको विलम्ब तत्काल हटाइनुपर्ने माग उद्योगी व्यवसायीले गरेका छन् । बुधवार विराटनगरमा आयोजित ‘निर्यात प्रवर्द्धन, पारवहन र व्यापार सहजीकरण’ अन्तरक्रियामा यस क्षेत्रका उद्योगीहरूले यस्तो माग गरेका हुन् ।

कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले निर्यातमूलक उद्योगलाई आयकरमा विशेष छूट र न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराइनुपर्ने माग गरे । ‘ड्युटी ड्र ब्याक’ सुविधा सम्बन्धित भन्सार कार्यालयबाटै उपलब्ध गराउनुपर्ने, भ्यालू एडिसनको आधारमा निर्यात अनुदान कायम गरी अनुदानको दायरा बढाउनुपर्ने, अन्तरराष्ट्रस्तरको गुणस्तर मापदण्ड र मान्यताप्राप्त व्यापार सहजीकरण निकायको व्यवस्थापन गरिनुपर्ने र निर्यात प्रवद्र्धन तथा विकासका लागि अध्ययन एवं नियमन निकायलाई सक्रिय बनाउनुपर्नेमा उनले जोड दिए ।

सुनसरीको अमडुवामा अवस्थित ६३२ बिगाहा जग्गालाई औद्योगिक क्षेत्रको रूपमा विकास गर्न र यस क्षेत्रलाई क्रश बोर्डर इकोनोमिक जोनमा परिणत गरी कामको गति बढाउन समेत उनले सम्बद्ध निकायलाई सुझाव दिए । यस्तै आईसीपी विराटनगरमा गुणस्तर तथा विषादी परीक्षण प्रयोगशाला, चिस्यान केन्द्रको स्थापना, मालवस्तु स्क्यानर एवं एक्सरे मेशिनमार्फत जा“चपासको व्यवस्था आदि पूर्वाधार विकास गरी भन्सार गतिविधिलाई वैज्ञानिक बनाउनुपर्ने खाँचो उनले औंल्याए ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्रालयका व्यापार सहजीकरण सल्लाहकार हिमाल थापाले मुलुकको वैदेशिक व्यापार, निर्यात भइरहेका वस्तुको अवस्था, निर्यात प्रवद्र्धनका लागि मन्त्रालयका कदम, नेपालका पारवहन व्यवस्था र व्यापार सहजीकरणका कार्यबारे जानकारी गराएका थिए ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष पवनकुमार शारडाले बंगलादेशले अवलम्बन गरेका आयात निर्यात नीतिबाट १० वर्षको अन्तरालमै फड्को मार्दै अन्तरराष्ट्रिय बजारमा भारतलाई समेत चुनौती दिइरहेको सन्दर्भ उठाए । नेपालले पनि बंगलादेशबाट सिकेर त्यस प्रकारका नीतिहरू अवलम्बन गर्नुपर्ने उनले बताए ।  

संघका पूर्वअध्यक्ष महेशकुमार जाजूले अन्तरराष्ट्रियस्तरमा हुने मेला महोत्सवहरूमा नेपाली उत्पादनको समेत प्रदर्शनीका लागि मन्त्रालयले समन्वयात्मक भूमिका निर्वाह गरी सहजीकरण गरिदिनुपर्ने बताए । त्यस्तै, संघका सचिव अनिलकुमार शारडाले निर्यात अनुदान, भ्यालू एडिसनको आधार दिइनुपर्ने माग गरे । कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, वरिष्ठ उपाध्यक्ष सुयश प्याकुरेल, विराटनगर भन्सार कार्यालयका प्रमुख शिव भण्डारीले आ–आफ्नो धारणा राखेका थिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले अन्तरक्रिया कार्यक्रममा उठेका सवालहरूको जवाफ दिएका थिए । सरकारबाट भए कामका बारेमा प्रस्ट्याउँदै उनले अन्तरक्रियामा उठेका थप विषयवस्तुको समाधानका लागि आपूmले पहल गर्ने उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)