ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आन्तरिक राजस्व कार्यालय सुर्खेत : ५ महीनामा करीब ७१ करोड राजस्व असुली

२०७७ पौष, २४  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक

सुर्खेत । आन्तरिक राजस्व कार्यालय सुर्खेतले चालू आवको पहिलो ५ महीनामा करीब ७१ करोड रुपैयाँ राजस्व असुली गरेको छ । कार्यालयका अनुसार साउनदेखि मङ्सिर मसान्तसम्ममा ७० करोड ७४ लाख रुपैयाँ राजस्व संकलन भएको हो ।

आन्तरिक राजस्व विभागले दिएको लक्ष्यभन्दा २० करोड ७६ लाख ९८ हजार रुपैयाँ बढी राजस्व असुली भएको कार्यालय प्रमुख डा. रामप्रसाद मैनालीले जानकारी दिए । कार्यालयलाई सो अवधिमा विभागबाट ४९ करोड ३० लाख ४२ हजार राजस्व संकलनको लक्ष्य दिइएको थियो । कार्यालयले  निर्धारित लक्ष्यभन्दा ४२ दशमलव १३ प्रतिशत बढी राजस्व उठाएको हो ।

मैनालीका अनुसार कार्यालयले आयकर ३८ करोड ९८ लाख ३२ हजार, बहाल कर २ करोड ५५ लाख ६ हजार, ब्याज कर १ करोड ९८ लाख ३६ हजार, मूल्य अभिवृद्धि कर २४ करोड ८१ लाख ६१ हजार र अन्तःशुल्कतर्फ १ करोड ७४ ५ हजार रुपैयाँ राजस्व असुली गरेको छ ।

कार्यालयले गत आवको पहिलो ५ महीनामा पनि लक्ष्यभन्दा बढी नै राजस्व उठाएको थियो । सो अवधिमा विभागले कार्यालयलाई ५८ करोड ६८ लाख १९ हजार राजस्व असुलीको लक्ष्य तोकेकोमा ६२ करोड १५ लाख ७ हजार रुपैयाँ राजस्व संकलन भएको मैनालीले बताए ।

गत आवमा कर्णाली प्रदेशबाट विभिन्न शीर्षकमा १ अर्ब ५१ करोड ३५ लाख ३१ हजार रुपैयाँ राजस्व असुली भएको मैनालीले जानकारी दिए । उनका अनुसार गत आवमा राजस्व संकलनमा ७९ दशमलव ८० प्रतिशत प्रगति भएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)