ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पूर्वको पर्यटन गतिशील बनाउने मन्त्री ढकालको प्रतिबद्धता

विराटनगरबाट अन्तर–प्रादेशिक र अन्तराष्ट्रिय उडानका लागि पहल गर्ने

२०७७ पौष, २६  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले प्रदेश १ को पर्यटन क्षेत्रलाई चलायमान बनाउन आपूmले पहल गर्ने बताएका छन् । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले शनिवार संयुक्त रूपमा आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री ढकालले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । प्रदेश १ को पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले गर्नुपर्ने कामबारे उठेको सवालको जवाफ दिँदै मन्त्री ढकालले प्रदेशस्तरीय आन्तरिक उडान, विराटनगरबाट माउन्टेन फ्लाइट र भारतका शहरहरूमा गर्न सकिने हवाई सेवाका लागि आफूले सक्दो प्रयास गर्ने बताए ।

आफू अप्ठ्यारो परिस्थितिमा पर्यटनमन्त्री बन्न पुगेको उल्लेख गर्दै मन्त्री ढकालले निर्वाचन आचारसंहिता लागू भएपछि भने जनअपेक्षा अनुसार धेरै काम गर्न नसकिने बताए । कोरोना महामारीको कारण बाह्य पर्यटक भित्र्याउन अहिले नै कठिनाइ रहेकाले आन्तरिक पर्यटनमा जोड दिनुपर्ने उनले बताए । धार्मिक पर्यटनलाई बढावा दिन भारतीय पर्यटकलाई पशुपति दर्शन र चिनियाँ पर्यटकलाई लुम्बिनी भ्रमणका लागि सहज अवस्था सृजना गर्नुपर्ने उनको भनाइ छ । पर्यटन क्षेत्रको दुःखको बेला आपूmले अभिभावकत्व लिएको उनले बताए । कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले सीमा नाका खुल्नुपर्ने, धार्मिक पर्यटनको विकासका लागि पहल हुनुपर्ने, विराटनगर विमानस्थलबाट दक्षिण एशियाका मुलुकहरूमा उडान हुनुपर्ने माग राखेका थिए ।

त्यसैगरी उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले अर्थतन्त्रको मेरुदण्ड पर्यटन क्षेत्र रहेकाले यसको विकासका लागि सरकारले प्रदेश १ मा आधारभूत पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए । माउन्टेन फ्लाइट, प्रदेशस्तरीय सीधा उडानको व्यवस्था र कतिपय नीतिगत निर्णय कार्यान्वयनको अवस्था फितलो रहेकाले त्यसमा सुधार हुनुपर्ने धारणा उनले राखे । कार्यक्रममा मोरङ व्यापार संघका उपाध्यक्ष अनुपम राठी, महासचिव अनिल साह, पर्यटन व्यवसायीहरू भविश श्रेष्ठ, पुण्य भट्टराई, तुलसी पोखरेल लगायतले पर्यटन क्षेत्रको विकासका लागि भएका व्यवधान हटाउन नीतिगत परिवर्तन गर्नुपर्नेमा जोड दिए । उनीहरूले विराटनगर विमानस्थलको विस्तारसँगै यहाँबाट आन्तरिक तथा बाह्य उडानका लागि नीतिगत पहल गर्न सरकारसँग आग्रह गरेका थिए ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)