ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आफ्नै शिक्षण अस्पताल खोल्दै मप विश्वविद्यालय

२०७७ माघ, १  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालन गर्ने भएको छ । कर्णाली प्रदेशको राजधानी भएकाले सुर्खेतलाई रेफरल हस्पिटल बनाउने गरी अत्याधुनिक शिक्षण अस्पताल सञ्चालन गर्ने विश्वविद्यालयले बताएको छ । हालै सम्पन्न विश्वविद्यालयको दशौं सभा (सिनेट)ले विश्वविद्यालयको आफ्नै शिक्षण अस्पताल खोल्ने बाटो खोलेको हो ।

नयाँ शैक्षिक सत्रदेखि नै पठनपाठन गर्नेगरी विश्वविद्यालयले थप चार संकाय सञ्चालन गर्न लागेको उपकुलपति प्राडा नन्दबहादुर सिंहले जानकारी दिए । उनका अनुसार स्वास्थ्य विज्ञान, कृषि तथा वन विज्ञान संकाय, अनुसन्धान र विकास केन्द्र र कर्णाली आदिवासी ज्ञान शीप तथा प्रविधि शिक्षालय थपिने भएका छन्, जसमध्ये स्वास्थ्य विज्ञान संकायतर्फ नयाँ शैक्षिक सत्रदेखि बीपीएच, बीएससी नर्सिङ र बीए नर्सिङ र कृषि तथा वन विज्ञान संकायतर्फ बीएससी एजीको पठनपाठन गरिनेछ । पहिलो वर्ष स्नातक तहमा चारवर्षे कार्यक्रम अन्तर्गत बीएससी एजी, बीपीएच, बीएससी नर्सिङ र बीए नर्सिङको पढाइ हुनेछ । शिक्षण अस्पताल सञ्चालनका लागि विश्वविद्यालयले आगामी २ वर्षभित्र स्नातकोत्तर तहमा एमबीबीएससमेत शुरू गर्नेछ । हाल विश्वविद्यालयमा मानविकी तथा सामाजिक शास्त्र, शिक्षा, व्यवस्थापन र विज्ञान तथा प्रविधि र इन्जिनियरिङ संकायको पठनपाठन हुँदै आएको छ । योसँगै अब विश्वविद्यालयमा ८ संकायको पठनपाठन हुनेछ ।

अध्ययन, अनुसन्धान, अस्पताल र कृषि तथा वन विज्ञानलाई ध्यानमा राख्दै चालू आर्थिक वर्षमै अत्याधुनिक प्रयोगशालाहरू निर्माण गरिने उपकुलपति सिंहले जानकारी दिए । त्यस्तै अनुसन्धान विकास केन्द्र र कर्णाली आदिवासी ज्ञान शीप तथा प्रविधि शिक्षालयले पनि पठनपाठन गर्नेछन् । यी दुवै संकाय नेपालमा पहिलो पटक सञ्चालनमा आउन लागेका हुन् ।

आफ्नै सुरक्षा एकाइ
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आफ्नै सुरक्षा एकाइ बनाउने भएको छ । सिनेटले सुरक्षा एकाइ सम्बन्धी प्रस्ताव सर्वसम्मत पास गरेसँगै यसको काम अघि बढ्ने भएको हो । विश्वविद्यालयको आन्तरिक सुरक्षा रेखदेखका लागि आफ्नै सुरक्षा एकाइ बनाउन लागिएको विश्वविद्यालयका उपकुलपति प्राडा सिंहले बताए । ‘विश्वविद्यालयको आन्तरिक सुरक्षा र भौतिक सम्पत्तिको रक्षा गर्न सुरक्षा एकाइ आवश्यक छ,’ सिंहले भने, ‘विश्वविद्यालयले अब १५ देखि २५ जनाको सुरक्षा एकाइ बनाउनेछ ।’

नयाँ दरबन्दी स्वीकृत
संकाय थप भएसँगै विश्वविद्यालयले १७१ जना नयाँ दरबन्दी पनि स्वीकृत गरेको छ । थपिएका विषयमा ९४ जना र यसअघि विभिन्न संकायमा ७७ जना गरी कुल १७१ जनाको नयाँ दरबन्दी स्वीकृत गरिएको उपकुलपति सिंहले जानकारी दिए । यसअघि विश्वविद्यालयमा ३१९ जनाको दरबन्दी स्वीकृत थियो । दरबन्दी कम हुँदा स्वीकृति गरेर विश्वविद्यालयको कार्यकारी समितिले ७७ जनालाई आन्तरिक स्रोतबाट सेवा सुविधा दिने गरी दरबन्दी सृजना गरेको थियो । तर उनीहरूलाई आन्तरिक स्रोत नभई सरकारबाट प्राप्त रकमबाट सेवा सुविधा दिइँदै आएको थियो, जसकारण विश्वविद्यालयका नाममा वर्षेनि करोडौं रुपैयाँ बेरुजू देखिने गरेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)