ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भूमिहीनका लागि जग्गा व्यवस्थापनको काम शुरू

२०७७ माघ, २१  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar बुद्धिमान पुन

सल्यान । सल्यानमा भूमिहीन नागरिकका लागि जग्गा व्यवस्थापनको काम थालिएको छ । जिल्लाको कालिमाटी गाउँपालिकाले भूमिहीनका लागि जग्गा व्यवस्थापनको काम सम्पन्न गर्न आवश्यक प्रक्रिया अगाडि बढाएको बताएको छ ।

जिल्लाका दश स्थानीय तहमध्ये कालिमाटी गाउँपालिका र बागचौर नगरपालिकासँग भूमि सम्बन्धी समस्या समाधान आयोगले भूमिहीन सुकुमबासीको लगत संकलन गर्न समझदारीपत्रमा हस्ताक्षर गरेको थियो ।

सोही अनुसार अहिले आवश्यक प्रक्रिया अगाडि बढाएको कालिमाटी गाउँपालिकाले बताएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले गाउँपालिकाभित्रका सबै भूमिहीन नागरिकको लगत संकलनको प्रक्रिया अगाडि बढेको जानकारी दिए । यसका लागि आवश्यक पर्ने कर्मचारीको पदपूर्तिको काम सकिएको उनले जानकारी दिए ।
‘लगत संकलनका लागि एकजना संयोजक, तीनजना अमिन, दुई जना कम्प्युटर अपरेटर र प्रत्येक वडामा दुईजनाका दरले १४ जना तथ्यांक संकलकको करारमा पदपूर्ति गरिसकेका छौं,’ उनले भने । भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोवासीको लगत संकलन इकाइ कार्यालय स्थापना गरेर कामको थालनी गरिने जानकारी दिए ।

गाउँपालिकाभित्र १ हजारभन्दा बढी भूमिहीन भएको अनुमान गरिएको छ । ‘करारमा भर्ना गरिएका कर्मचारीलाई आवश्यक प्रशिक्षण दिएर कामको थालनी गरिन्छ,’ तीन महीनाभित्र लगत संकलन गर्ने लक्ष्य छ,’ उनले भने । प्रमुख प्रशासकीय अधिकृत खत्रीले गाउँपालिकाको काप्रेचौर, कालीमाटी काल्चे लगायत क्षेत्रमा बढी भूमिहीन भएको हुन सक्ने जानकारी दिए ।

यता, जिल्लाको बागचौर नगरपालिकामा भने भूमिहीनको लगत संकलन कार्यमा अन्योल देखिएको छ । भूमिहीनको लगत संकलनका लागि आवश्यक तयारी गर्नुपर्ने भए पनि अहिलेसम्म कुनै प्रक्रिया अगाडि नबढेको नगरपालिका स्रोतले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)