ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लोकसेवा तयारी कक्षा निःशुल्क पढाउँदै सिद्धकुमाख

२०७७ फागुन, ३  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । सल्यानको सिद्धकुमाख गाउँपालिकाले लोकसेवा आयोगको तयारी कक्षा निःशुल्क रूपमा सञ्चालन गर्ने भएको छ । लोकसेवा आयोगले लिने परीक्षामा स्थानीय युवालाई सक्षम बनाउन गाउँपालिकाले निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको हो ।

गाउँपालिकाभित्र स्थायी बसोवास भएका युवामा लोकसेवाप्रति आकर्षण बढाउन र परीक्षामा सक्षम बनाउन तयारी कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाले बताएको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक स्वीकृत बजेट तथा कार्यक्रम अनुसार नायब सुबा र खरिदार तथा शिक्षक सेवा आयोगको प्रथम प्रश्नपत्रको परीक्षाका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउनेले जानकारी दिए । छिमेकी जिल्ला तथा पालिकाहरूको तुलनामा निजामती क्षेत्रमा आफ्नो गाउँपालिकाबाट न्यून उपस्थिति रहेकाले समेत पालिकावासीलाई लोकसेवाप्रति आकर्षण बढाउन कार्यक्रमले सहयोग पुग्ने अपेक्षा उनले गरे ।

‘योग्यता हासिल गरेका कतिपय युवायुवतीको चाहना हुँदा पनि बजारसम्म पुगेर तयारी कक्षा लिन सक्ने अवस्था नरहेकाले उनीहरूलाई लक्षित गरी गाउँमै कक्षा सञ्चालन गर्न लागेका छौं,’ उनले भने, ‘राष्ट्रसेवक कर्मचारीमा स्थानीयवासीको आकर्षण बढाउन कार्यक्रमले सहयोग पुग्ने विश्वास छ ।’

जिल्लामै पहिलोपटक सिद्धकुमाख गाउँपालिकाले आफ्नै स्रोतमा आयोगको तयारी कक्षा सञ्चालन गर्न लागेको अध्यक्ष चलाउनेले बताए । गतवर्ष नै आयोगका कक्षा सञ्चालनको तयारी गरिए पनि विविध कारणले सफल हुन नसकेको भनाइ छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मार्शलकुमार ओलीले गाउँपालिकाले सञ्चालन गर्ने तयारी कक्षामा सहभागी हुन ५० जनाले नाम दर्ता गरेको बताए, जसमा लोकसेवा आयोगतर्फ ३१ जना र शिक्षक सेवा आयोगतर्फ १८ जनाले नाम दर्ता गरेका छन् । केही दिनमै तयारी कक्षा सञ्चालन गरिने जानकारी उनले दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)