ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश १ सरकारका प्राथमिकताका योजनामा निफ्राले सहयोग गर्ने

२०७७ फागुन, ५  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । प्रदेश १ सरकारले प्राथमिकतामा राखेका ६० परियोजनामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले लगानी जुटाउने भएको छ । सरकारले प्राथमिकतामा राखेका योजनालाई निफ्राले लगानी जुटाउने सम्बन्धमा मंगलवार सम्झौता भएको छ । सम्झौतापत्रमा निफ्राका कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक डा. सरोज कोइरालाले हस्ताक्षर गरेका छन् ।

सम्झौताले प्रदेशभित्रका विकासका योजनालाई अगाडि बढाउन नयाँ आयाम थपिने अपेक्षा गरिएको छ । उक्त अवसरमा मुख्यमन्त्री शेरधन राईले कोरोना संक्रमणका कारण लगानी सम्मेलन गर्न नसकिएको अवस्थामा इन्फ्रासँग सम्झौता गर्ने अवसर प्राप्त हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताए । प्राथमिकतामा राखिएका योजना अगाडि बढाउन नसकिएको अवस्थामा यसबाट लगानी सुनिश्चितताको प्रारम्भ भएको उनको भनाइ थियो ।

ठूला आयोजना अगाडि बढाउन स्वदेशी र विदेशी लगानी आवश्यक पर्ने भन्दै मुख्यमन्त्री राईले देशभित्रकै बैंक र सरकारबीचको सम्झौता लगानी जुटाउन कोसेढुंगा सावित भएको विश्वास व्यक्त गरे । ‘निजी र सार्वजनिक क्षेत्रको लगानी आकर्षणका लागि यो सम्झौता कार्यान्वयन महत्त्वपूर्ण हुन्छ,’ उनले भने, ‘जलविद्युत्, कृषि उद्योग अहिले प्राथमिकतामा राखिनेछ ।’

निफ्राका कार्यकारी अधिकृत खतिवडाले सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार प्रदेश १ सरकारले प्राथमिकतामा राखेका मुख्य योजनामा लगानी जुटाउन बैंकले बण्ड निष्कासन गर्ने तयारी गरेको जानकारी दिए । ३० करोडभन्दा माथिका योजनामा मात्रै बैंकले लगानी गर्ने नीति लिए पनि प्रदेश सरकार र स्थानीय तहसँग १० करोड रुपैयाँका योजनामा साझेदार बन्न तयार रहेको उनले बताए ।  

प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक कोइरालाले ६० ओटा मुख्य परियोजनामा लगानी जुटाउन गरिएको सम्झौता महत्त्वपूर्ण अवसर भएको दाबी गरे । प्राथमिकतामा राखिएका परियोजनामा लगानी अपुग हुन नदिन लगानीको क्षेत्र सुनिश्चित गरिएको उनले बताए । प्रदेश सरकारले पहिलो चरणमा रानी–धरान विद्युतीय रेलमार्ग, कोशी रिफ्रेसमेन्ट सेन्टर, उदयपुर सिमेण्ट उद्योगको पुनःसंरचना र बाँसबाट उत्पादन हुने सामग्रीको उद्योग निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने जानकारी उनले दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)