ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अर्थतन्त्रमा योगदान पुर्‍याउन कर्णालीका १६ ओटा पर्यटकीय गन्तव्य छनोट

२०७७ फागुन, ५  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक

फागुन ५, सुर्खेत । आन्तरिक तथा विदेशी पर्यटकलाई गाउँगाउँसम्म पुर्‍याउने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कर्णाली प्रदेशका १६ ओटा पर्यटकीय गन्तव्यमा भौतिक पूर्वाधार विकास गर्ने भएको छ । 

केन्द्रदेखि स्थानीय तहसम्मको अर्थतन्त्रमा योगदान पुर्‍याउनेलगायत लक्ष्य राखेर भदौमा मन्त्रालयले देशभरका स्थानीय तह तथा प्रदेश सरकारसँग ओझेलमा परेका पर्यटकीय गन्तव्यको साझेदारीमा विकास गर्न प्रस्ताव आव्हान गरेको थियो ।

उक्त सूचनाका आधारमा मन्त्रालयमा प्राप्त ७१३ ओटा आयोजना मध्ये कर्णालीबाट १६ ओटा आयोजनासँगै देशभरका २०० ओटा पर्यटकीय गन्तव्य छानिएका छन् । कर्णालीका रुकुम पश्चिमको आठवीसकोट नगरपालिका स्थित लक्ष्मी नारायण मन्दिर र भेरी नदीमा जेट बोट सञ्चालन एवं कालापानी खानेपानी सिंचाई आयोजनाका लागि अनुमानित ६ करोड ९९ लाख रुपियाँको लागतमा दुई वर्ष भित्र काम सक्ने लक्ष्य राखिएको छ ।

त्यस्तै रुकुमको बाँफिकोट गाउँपालिकाको स्यार्पुताल वरिपरि बगैंचा, प्रतिक्षालय बाटो तथा अन्य पूर्वाधार निर्माणका लागि ३ करोड ९३ लाख रुपियाँ लाग्ने अनुमान गरिएको छ ।

यस्तै चौरजहारी नगरपालिकाको मालिका पर्यटकीय क्षेत्र विकास तथा पदमार्ग निर्माण कार्यक्रमका लागि ६ करोड ५० लाख, हुम्लाको खार्पूनाथ गाउँपालिकाको खापूनार्थ शिवालय  पर्यटकीय पूर्वाधार विकास आयोजनाका लागि ५ करोड, सिमकोट गाउँपालिकाको रलिङ  तिर्थ सडक निर्माणका लागि ५ करोड, दैलेखको विन्द्रासैनी नगरपालिकाको नगरपार्क निर्माणका लागि ५ करोड लागत अनुगमान गरिएको छ ।

यसैगरि दैलेखको दुल्लु नगरपालिकाको पञ्चकोषी पर्यटन क्षेत्र संरक्षण तथा पूर्वाधार विकास कार्यक्रम तर्फ ७ करोड, भगवतीमाई गाउँपालिकाको मायाराम स्मृति पार्क निर्माण आयोजनाका लागि ३ करोड ३२ लाख, जुम्लाको पातारासी गाउँपालिकाको छुमचौर ज्यूलो संरक्षण तथा सम्वर्द्धनका लागि २ करोड, कालिकोटको रास्कोट नगरपालिकाको वडिमालिकादेखि देउरामालिका सडक स्तरोन्नती आयोजनाका लागि २ करोड लागत खर्च अनुमानित गरिएको छ । 

त्यस्तै सुर्खेतको भेरीगंगा नगरपालिका–८, डुम्कोट दलित संग्राहालयका लागि ४ करोड ४५ लाख, सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको कुपिण्डे ताल पूर्वाधार विकासका लागि ६ करोड ८१ लाख, जाजरकोटको भेरी नगरपालिकाको पर्यटकीय स्थल मालिका मन्दिर निर्माणका लागि ३ करोड, नलगाड गाउँपालिकाको खानटाकुरा शहीद स्मृती भवन निर्माणका लागि १ करोड ५० लाख, कालिकोटको खाँडाचक्र नगरपालिकाको नैनीकाध–जिउली–धर्मशाला निर्माण र चुलीमालिका मन्दिर क्षेत्र पर्यटन पूर्वाधार क्षेत्र विकासका लागि १ करोड ९८ लाख, पचालझरना गाउँपालिकाको पदमार्ग निर्माणका लागि ५ करोड रुपियाँ लागत खर्च अनुमानित गरिएको छ । 

प्रतिवर्ष १ अर्ब रुपियाँ थप आम्दानी हुने अपेक्षासहित सरकारले छानेका आयोजनामा प्रायः पार्क, पिकनिक स्थल, मन्दिर, पर्यटकीय गन्तव्यसम्म पुग्ने सडक, पदमार्ग, सपिङ कम्प्लेक्स, साइकल ट्र्‍याक, संग्रहालय, पिकनिक स्पट, गुम्बा, स्मृति पार्क, फनपार्क आदि रहेका छन् । यी स्थलमा मन्त्रालयले स्थानीय तहको साझेदारीमा एक वर्षदेखि तीन वर्षसम्म पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास गर्नेछ । 

ती आयोजनाका लागि केन्द्रीय सरकारले ६ अर्ब ८० करोड रुपियाँ बजेट विनियोजन गरेको मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । यसमा स्थानीय तहले थप ३० प्रतिशतसम्म अतिरिक्त बजेट थप्नुपर्नेछ । यी आयोजना सञ्चालनका क्रममा ५ लाख ४० हजार जनाले प्रत्यक्ष रोजगारी प्राप्त गर्ने अपेक्षा छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)