ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश सरकारको पानीजहाज कोशी बगरमै अलपत्र, जोखिमपूर्ण यात्रा गर्दै स्थानीय

२०७७ फागुन, ६  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

फागुन ६, सुनसरी । प्रदेश सरकारले दिएको स्वचालित डुंगा (बोट) कोशी बगरमै अलपत्र बन्दा जोखिमपूर्ण यात्रा गर्नुपर्ने स्थानीयको बाध्यता अझै यथावत् रहेको छ । 

बजार तथा प्रशासनिक कामका लागि वराहक्षेत्र आउनु पर्‍यो भने वराहक्षेत्र नगरपालिकाको कोशीटप्पुका शम्भु चन्द्रवंशीले सप्तकोशीमा काठे डुंगा नै प्रयोग गर्छन् । काठे डुंगाको विकल्प नहुँदा जोखिमपूर्ण यात्राको उनीहरूको समस्या समाधान हुन नसकेको हो । 

नगरपालिका पुग्न वा बजार भर्न आउनुपर्‍यो भने पनि काठे डुंगाबाहेक अन्य विकल्प नभएको स्थानीय रूपचन्द्र चन्द्रवंशी बताउँछन् । ‘चक्रघट्टी, राजावास हाम्रो बजार हो’, उनी भन्छन्, ‘यहाँ उत्पादन भएका सामग्री बजारमा लगेर विक्री गरेर जीविकोपार्जन गर्न बजार नै पुग्नुपर्छ तर बजार पुग्न बीचमा कोशी छ ।’

कोशी तर्न काठे डुंगाको विकल्प नभएको उनले सुनाए । ‘तर यो यात्रा जोखिमपूर्ण छ ।’ उनले थपे । नगरपालिकाको केन्द्र आइपुग्ने अर्को विकल्प उदयपुरबाट घुमेर कोशीको नयाँ पुलको बाटो पनि छ तर यो बाटो लामो र खर्चिलो रहेको उनी बताउँछन् ।

वराहक्षेत्र नगरपालिका–६ र ९ का दर्जनौँ बस्तीका सयौँ मानिस अझैपनि काठे डुंगा नै प्रयोग गरिरहेका छन् । काठे डुंगाको विकल्प सरकारले नदिएको होइन तर सञ्चालन हुन नसक्दा उनीहरूको बाध्यता अझै उस्तै छ । 

प्रदेश सरकारले एक वर्षअघि नै दिएको पानीजहाज अझैपनि सञ्चालनमा नआउँदा वर्षौंदेखिको उनीहरूको जोखिमपूर्ण यात्रा अभैm यथावत छ । सरकारले दिएको पानीजहाज कोशीमै अलपत्र परेको छ ।

२०७६ भदौ २१ गते प्रदेश सरकारका वन, वातावरण, पर्यटन तथा उद्योगमन्त्री जगदीशप्रसाद कुसियतले बोट हस्तान्तरण गरेका थिए । नगरपालिकासँग सहकार्य गरेर सञ्चालन गर्न बोट वडा नम्बर ९ लाई हस्तान्तरण गरिएको थियो । 

नगरपालिकासँग समन्वय गरी कार्यविधि बनाएर बोट सञ्चालन गर्न भनिएको थियो तर अहिलेसम्म कार्यविधि बन्न नसक्दा बोट बगरमै अलपत्र बनेको छ । 

वराहक्षेत्र–६ को सिसौली तारघाट र वडा नं ९ को राजावास तारघाट हुँदै दैनिक रूपमा सयौँ मानिस कोशीटप्पुबाट विभिन्न कामका लागि आउने गरेका छन् ।

स्थानीयलाई सहज र सुरक्षित रूपमा नदीमा यात्रा गराउने उद्घोष मन्त्री कुसियतले गरेका थिए । अहिले पनि राजावास तारघाट परम्परागत डुंगा चल्ने घाटको रूपमा परिचित छ ।

प्रदेश सरकारले १३ लाख रूपैयाँमा खरीद गरेको पानीजहाज नेपालमै बनेको हो । माउन्ट मकालु नाम गरेको पानीजहाजमा आठ जनाको सिट क्षमता छ । कार्यविधि नबनेका कारण पानीजहाज सञ्चालन हुन नसकेको वडा नं ९ का अध्यक्ष दीपक लिम्बूले बताए । 

वडाध्यक्ष लिम्बूका अनुसार बोट सञ्चालन गर्ने प्रक्रिया, सेवा शुल्क, चालकको नियुक्ति आदि नटुंगिदा बोट सञ्चालन हुन नसकेको हो । यसका लागि पटक–पटक नगरपालिकाको ध्यानाकर्षण गरिरहेको उनले बताए । चाँडै कार्यविधि बनाएर समितिको मातहतमा ल्याई बोट सञ्चाल हुने उनको भनाइ छ । सरकारबाट प्राप्त सेवा उपभोग गर्न नपाउँदा कोशीटप्पुका बासिन्दा आक्रोशित छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)