फागुन १३, रुकुम पश्चिम । रुकुमका ७४ प्रतिशत घरधुरीमा विद्युत सेवा पुगेको छ । विद्युत प्राधिकरण मुसिकोट वितरण शाखाका अनुसार रुकुम पश्चिमका ६ ओटा स्थानीयतहका ७४ घरधुरीमा विद्युत सेवा पुगेको हो ।
जसमा कुल घरधुरीको ६० प्रतिशत विद्युत प्राधिकरण मुसीकोट शाखाले विद्युत सेवा विस्तार गरेको छ । भने १४ प्रतिसत घरधुरीमा लघुजलसविद्युत मार्फत विद्युतीकरण भएको विद्युत प्राधिकरण मुसीकोट शाखाका प्रमुुख त्रिलोचन भटराईले जनाकारी दिएका छन् । उनका अनुसार रुकुम पश्चिमका जम्मा ३३ हजार २८४ घरमध्ये १३ हजार १६ घरधुरीमा विद्युत प्राधिकरणको सेवा विस्तार भएको छ ।
स्थानीय रुपमा उत्पादन भएका लघु जलविद्युत आयोजनाबाट ६ हजार ३८४ घर गरी जम्मा १९ हजार ४०० घरमा विजुली पुगेको छ । भने बाँकी १३ हजार ८०० घरमा अझै पनि विद्युतको पहुँच पुग्न नसकेको विद्युत प्राधिकरण मसिकोट वितरण शाखाले जानकारी दिएको छ ।
विद्युत प्राधिकरण मुसीकोट वितरण शाखाका अनुसार सबैभन्दा बढी मुसीकोट नगरपालिकामा विद्युत पहुँच पुगेको छ । मुसीकोट नगरपालिकाका १४ ओटै वडामा ७९४० घरधुरीमध्ये ४ हजार ३९२ घरधुरीमा विद्युत केन्द्रिय प्रशारण लाइन जडान भएको छ ।
त्यस्तै, चौरजहारी नगरपािलकाका जम्मा ५ हजार ८९१ घरधुरीमध्ये २ हजार ७६४ घरधुरीमा विद्युत पुगेको छ । भने आठविसकोट नगरपालिकामा भने केन्द्रिय विद्युत प्रशारण लाइनले २२ घरमा मात्रै पुगेको छ ।
सानभेरी १ हजार २६० घरधुरी, त्रिवेणी गाउँपालिकाका १ हजार ४४३ घरधुरी र बाँफीकोट गाउँपालिकाको ३ हजार १३५ घरधुरीमा विद्युत केन्द्रिय प्रशारण लाइन जडान भएको छ ।