ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उद्योग वाणिज्य संघ सल्यानको निर्वाचन : अध्यक्षमा थापा र बुढाथोकीको उम्मेदवारी

२०७७ फागुन, १९  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान १९, फाल्गुन । उद्योग वाणिज्य संघ सल्यानको नयाँ नेतृत्वका लागि दुई प्यानलबिच प्रतिस्पर्धा हुने भएको छ । यही फाल्गुन २९ गते हुने निर्वाचनका लागि बुधवार दुवै प्यानलले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन् । 

उद्योग वाणिज्य संघको २१ सदस्यीय कार्यसमितिको लागि ४२ जनाले उम्मेदवारी दर्ता गरेको प्रमुख निर्वाचन अधिकृत वीर बहादुर सेजवालले जानकारी दिए । 

जसअनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड नेपाल पक्षको समर्थनमा प्रगतिशिल प्यानलबाट राजेन्द्र कुमार थापा र नेपाली काँग्रेस, नेकपाको केपि समूह र राप्रपाको समर्थनमा संयुक्त व्यावसायिक प्यानलबाट कुमार बुढाथोकीले अध्यक्षमा उम्मेदवारी दिएका छन् । 

जसअनुसार प्रचण्ड नेपाल प्यानलबाट वरिष्ठ उपाध्यक्षमा हरिलाल डिसी, वाणिज्य उपाध्यक्षमा विरेन्द्र प्रकाश भण्डारी, उद्योग उपाध्यक्षमा शंकर यरीले उम्मेदवारी दिएका छन् । यस्तै महासचिवमा मोहन सारु, सचिवमा विकास डिसी र कोषाध्यक्षमा अशोक कुमार बोहोराले उम्मेदवारी दर्ता गरेका छन् । 

यस्तै तीन जना महिला सदस्यहरु छपी वली, हिरा चन्द, बिमला गिरी, दलित सदस्यमा प्रकाश परियार, जनजाती सदस्यमा निरज सिंह, अल्पसंख्यक सदस्यमा मोहमद अक्तर राजाले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै सात जना खुल्ला सदस्यहरुमा रेशम बहादुर खड्का, सिता केसी, भुवन भट्ट, जयराम सिंह, पल्वीर नेपाली, हरी बहादुर दमाई, इश्वरी प्रसाद गौतम र वस्तुगत सदस्यमा राकेश जैसी रहेका छन् ।   

यस्तै नेपाली काँग्रेस, केपि समूह र राप्रपा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विरेन्द्र श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा भरत कुमार बस्नेत, उद्योग उपाध्यक्षमा प्रेम बहादुर पुनले उम्मेदवारी दिएका छन् । यस्तै महासचिवमा रुपक बुढा, सचिवमा सुरेश केसी र कोषाध्यक्षमा सुरेन्द्र बुढाले उम्मेदवारी दर्ता गरेका छन् । 

यस्तै तीन जना महिला सदस्यहरु सरिता रावल गिरी, अमृता कुमारी बोहरा, लक्ष्मी सार्की, दलित सदस्यमा अर्जुन नेपाली, जनजाती सदस्यमा कमल घर्ती मगर र अल्पसंख्यक सदस्यमा जब्बार अलीले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै सात जना खुल्ला सदस्यहरुमा निर्मल कुमार शर्मा, सोभाराम बस्नेत, भिम बहादुर वली, निम बहादुर रोका, जेत वहादुर खड्का, जय कृष्ण शर्मा, झक्कु प्रसाद रावत र वस्तुगत सदस्यमा मेघराज सुनारले उम्मेदवारी दिएका छन् ।  

निर्वाचन कार्यतालिका अनुसार फागुन २० गते बिहीवार उम्मेदवारको नामावली उपर दावि विरोध तथा उम्मेद्वारी फिर्ताको समय रहेको छ । यस्तै फागुन २१ गते उम्मेदवारको नामावली उपर छानविन, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा नमूना मत पत्र प्रकाशनको तालिका रहेको छ । यस्तै फाल्गुन २९ गते बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म मतदानको समय रहेको निर्वाचन समितिले जानकारी दिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)