ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उद्योग वाणिज्य संघ सल्यानको अध्यक्षमा बुढाथोकी निर्वाचित

‘व्यवसायिक क्षेत्रको हित, विकास र विस्तारका लागी काम गर्छौ’

२०७७ चैत, २  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

चैत २, सल्यान । उद्योग वाणिज्य संघ सल्यानको अध्यक्षमा कुमार बुढाथोकी निर्वाचित भएका छन् । प्रगतिशिल व्यवसायिक प्यानलका उम्मेदवार राजेन्द्र कुमार थापालाई हराउँदै ९९ मतान्तरले संयुक्त व्यवसायिक प्यानलका उम्मेदवार बुढाथोकी निर्वाचित भएका हुन् । थापाले ९२८ र बुढाथोकीले १०२७ मत प्राप्त गरेका छन् ।  

यस्तै महासचिवमा मोहन सारु निर्वाचित भएका छन् । संयुक्त व्यावसायिक प्यानलका महासचिवका उम्मेदवार रुपक बुढालाई १५ मतान्तरले हराउँदै प्रगतिशिल व्यवसायिक प्यानलका उम्मेदवार सारु निर्वाचित भएका हुन् । बुढाले ९५२ र सारुले ९६७ मत प्राप्त गरेका छन् ।  

संघको वरिष्ठ उपाध्यक्षमा बिरेन्द्र कुमार श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा भरत कुमार बस्नेत,  उद्योग उपाध्यक्षमा प्रेम बहादुर पुन, सचिवमा सुरेश कुमार केसी र कोषाध्यक्षमा सुरेन्द्र बुढा निर्वाचित भएका छन् । यस्तै सदस्यतर्फ महिला सदस्यहरु सरिता रावल गिरी, अमृता कुमारी बोहरा र लक्ष्मी सार्की, जनजाती सदस्यमा निरज सिंह निर्वाचित भएका छन् । 

यस्तै दलित सदस्यमा अर्जुन नेपाली, अल्पसंख्यक सदस्यमा जब्बार अली, खुल्ला सदस्यहरुमा निर्मल कुमार शर्मा, सोभाराम बस्नेत, भिम बहादुर वली, निम बहादुर रोका, तेज वहादुर खड्का, जय कृष्ण शर्मा, झक्कु प्रसाद रावत र बस्तुगत सदस्यमा मेघराज सुनार निर्वाचित भएका छन् । निर्वाचन समितिले जानकारी दिएको छ । शनिवार भएको मतदानमा जम्मा २३३८ मत मध्ये २००३ मत खसेको थियो । 

यसैबिच, उद्योग वाणिज्य संघ सल्यानका नवनिर्वाचित पदाधिकारीहरुले व्यवसायिक क्षेत्रको हित, विकास र विस्तारका लागी काम गर्ने बताएका छन् । तीन वर्षे कार्यकालका लागि निर्वाचित भएपश्चात सोमवार बधाई तथा शुभकामना ग्रहण गर्दै पदाधिकारीहरुले आपसि एकता कायम गर्दै उनीहरुको हकहित, आर्थिक विकास र व्यवसायिक सुरक्षाको लागि प्रतिबद्ध भएर काम गर्ने बताएका हुन् ।

उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएपछि कुमार बुढाथोकीले व्यवसायिहरु बिचको एकतालाई कायम गर्दै उनीहरुको हकहितमा काम गर्ने बताए । उनले जिल्लाका सबै व्यवसायिहरुको भावनालाई कदर गर्दै संघ भित्र गोलबद्ध गरेर अगाडी बढ्ने बताए । व्यवसायिहरुका बिचमा थुप्रै समस्या रहेकाले ती समस्या समाधानको लागि आफूले पहल गर्ने उनको भनाइ छ । 

यस्तै नवनिर्वाचित महासचिव मोहन सारुले जिल्लाको स्थानिय उत्पादनलाई बजारीकरण गर्नको लागि पहल गर्ने बताए । उनले व्यवसायिहरुलाई कर सम्बन्धि जानकारी दिने, कर शिक्षा तालिम प्रदान गर्ने र पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने, कृषि, पशु तथा स्थानिय उत्पादनलाई व्यवसायिकरण गर्दै बजारीकरणमा सहयोग गर्ने जानकारी दिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)