ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उद्योग वाणिज्य संघ सल्यानको अध्यक्षमा बुढाथोकी

२०७७ चैत, ४  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । उद्योग वाणिज्य संघ सल्यानको अध्यक्षमा कुमार बुढाथोकी निर्वाचित भएका छन् । प्रगतिशील व्यावसायिक प्यानलका उम्मेदवार राजेन्द्रकुमार थापालाई संयुक्त व्यावसायिक प्यानलका उम्मेदवार बुढाथोकी निर्वाचित भएका हुन् । थापाले ९२८ र बुढाथोकीले १०२७ मत प्राप्त गरे ।  

यस्तै, महासचिवमा मोहन सारु निर्वाचित भएका छन् । संयुक्त व्यावसायिक प्यानलका महासचिवका उम्मेदवार रुपक बुढालाई १५ मतान्तरले हराउँदै प्रगतिशिल व्यावसायिक प्यानलका उम्मेदवार सारु निर्वाचित भएका हुन् । बुढाले ९५२ र सारुले ९६७ मत प्राप्त गरे ।  

संघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रकुमार श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा भरतकुमार बस्नेत,  उद्योग उपाध्यक्षमा प्रेमबहादुर पुन, सचिवमा सुरेशकुमार केसी र कोषाध्यक्षमा सुरेन्द्र बुढा निर्वाचित भएका छन् ।

सदस्यतर्फ महिला सदस्य सरिता रावल गिरी, अमृताकुमारी बोहरा र लक्ष्मी सार्की, जनजाति सदस्यमा निरज सिंह निर्वाचित भएका छन् ।

दलित सदस्यमा अर्जुन नेपाली, अल्पसंख्यक सदस्यमा जब्बार अली, खुल्ला सदस्यमा निर्मल कुमार शर्मा, शोभाराम बस्नेत, भीम बहादुर वली, निमबहादुर रोका, तेजबहादुर खड्का, जयकृष्ण शर्मा, झक्कुप्रसाद रावत र वस्तुगत सदस्यमा मेघराज सुनार निर्वाचित भए । शनिवार भएको मतदानमा जम्मा २३३८ मध्ये २००३ मत खसेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)