ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विराट जुत्ताचप्पल व्यापार मेला शुरू

२०७७ चैत, १०  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वेदराज पौडेल

विराटनगर । विराटनगरमा विराट जुत्ताचप्पल मेला सुरु भएको छ । मेला एक महिनासम्म चल्नेछ ।

मेला संयोजक होमनाथ उपाध्यायले देशभरि रहेका सानाठूला मझौला १५ सय जुत्ताचप्पल उद्योगले वार्षिक ५ करोड जोर जुत्ता उत्पादन गरिरहेको जानकारी दिए । सबै खाले जुत्ताचप्पल उद्योगमा १७ अर्ब बराबरको लगानी रहेको र त्यसबाट वार्षिक ३२ अर्ब बराबरको कारोबार गरिरहेको उनले बताए ।

नेपालमा वार्षिक ९ करोड जोर जुत्ताको माग छ । नेपालका जुत्ताचप्पल उद्योगले ५ करोड जोर जुत्ता उत्पादन गर्छन्, जुन  मागको ६३ प्रतिशत हो । सीमामा कडाइ, कम बिजकको समस्या रोक्ने सके नेपाल जुत्ताचप्पलमा आत्मनिर्भर हुने व्यवसायी बताउँछन् ।

मेला उद्घाटन गर्दै विराटनगर महानगर प्रमुख भीम पराजुलीले स्वदेशी उत्पादनको प्रयोग बढाउन सके मुलुक धेरै उत्पादनमा आत्मनिर्भर बन्न सक्ने भएकाले त्यसका लागि घर, टोल र सहरमा यस्तो अभियान चलाउनुपर्ने बताए ।

विराट व्यापार संघ अध्यक्ष सुजन थापाले स्वदेशी उत्पादनमा आत्मनिर्भर बन्न सके मुलुक समृद्धितर्फ जाने भएकाले सरकारले जुत्ताचप्पल उद्योगलाई आत्मनिर्भर बनाउनुपर्ने उल्लेख गरे । मझौला उद्योगले सरकारले घोषणा गरेको कोभिड महामारीका बेलाको सुविधा नपाएको बताए ।

फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालको आयोजनामा सुरु भएको मेला आउँदो वैशाख ५ गतेसम्म चल्नेछ । मेलामा १२ कम्पनीका २० वटा ब्रान्डका ५ हजार जोर जुत्ताचप्पल बिक्रीमा राखिएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)