ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सडकले पुरेको कुलो नबन्दा वर्षे धान लगाउन समस्या

२०७७ चैत, ११  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar माधवकुमार ओली

चैत ११, रोल्पा । नयाँ सडक खन्ने क्रममा सिँचाई कुलोमा पूर्ण रुपमा क्षति भएपछि रोल्पा नगरपालिका–५ बाजबाङका १७ घरधुरी अहिले वर्षे धान लगाउन नपाइने हो कि भन्ने चिन्तामा छन् ।

प्रत्येक घरधुरीबाट १० देखि २५ हजारसम्म पैसा उठाएर स्काभेटर लगाउँदा पनि कुलोमा पानी नआएपछि अहिले स्थानीय आफै कुलो मर्मतमा जुटेका छन् । वर्षे धान लगाउने समय भइसक्दा पनि कुलोमा पानी नआएपछि यस वर्ष पनि खेत बाँझै हुने किसान टेकबहादुर महराको दुखेसो छ ।

किमीचौर–माडीचौर सडकको ट्र्याक खोल्ने क्रममा माडीखोलाबाट बाजबाङ गाउँमा जाने ३ ओटा सिँचाई कुलोमा क्षति पुगेको छ । ओडार्ने सिँचाई कुलो, सेसिघाट सिँचाई कुलो र धाङकुना सिँचाई कुलो समयमै मर्मत हुन नसकेमा गत वर्षेदेखि यहाँको झण्डै ५०० रोपनी खेत बाझै रहेको किसान सुबास घर्तीले बताए ।

सडक निर्माण गर्दा भएको क्षतिका विषयमा वडा कार्यालय, नगरपालिका र सिँचाई डिभिजन कार्यालयमा पटक–पटक जानकारी गराउँदा पनि कतैबाट सुनुवाई नभएको अर्का किसान आइतराम घर्तीको गुनासो छ । ‘मोही वालाले पैसा उठाएर स्काभेटर लगाउदा पनि कुलोमा पानी बगेको छैन’ घर्तीले भने ‘यस वर्ष पनि हामीले धान लगाउन पएनौं भने त के खाने, बच्चाबच्ची कसरी पाल्ने ।’
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)