ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धरान उपमहानगरको बजेट खर्च निराशाजनक  

२०७७ चैत, १२  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

चैत १२, धरान । धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को तेस्रो चौमासिक शुरु हुँदा पनि करीब ९ महीनाको बजेट कार्यान्वयन निराशाजनक नै रहेको छ । अघिल्लो वर्ष कोरोना संक्रमणले प्रभाव पारेको स्थानीय तहको बजेट कार्यान्यवन यसवर्ष केही खुकुलो हुँदा पनि अपेक्षित कार्यान्यवन गर्न सकेको देखिदैन । 

धरान उपमहानगरपालिकाको आर्थिक महाशाखाको अनुसार चालू वर्ष कुल ३० दशमलव ४५ प्रतिशत मात्रै खर्च भएको देखिएको छ । कुल १ अर्ब ८७ करोड ५१ लाख २८ हजार रहेको बजेटमा तेस्रो चौमासिक शुरु हुँदासम्म ५७ करोड ११ लाख ९ हजार ६९५ रुपैयाँ मात्रै खर्च भएको छ । 

कुल बजेटको पूँजीगत खर्च २१ दशमलव ८२ प्रतिशत रहेको छ भने चालूतर्फ ३६ दशमलव ९४ प्रतिशत खर्च भएको छ । धरान उपमहानगरपालिकाले कुल बजेटको १ अर्ब १ करोड ५६ लाख ६५ हजार १९ रुपैयाँ चालू खर्चमा विनियोजित बजेटबाट ३७ करोड ५२ लाख ८७ हजार ४९ रुपैयाँ मात्रै खर्च गर्न सकेको छ । 

यता पूँजीगत विनियोजित ८२ करोड ९९ लाख ८५ हजार ९८१ रुपैयाँको बजेटमा १७ करोड ११ लाख १३ हजार ७९४ रुपैयाँ मात्रै खर्च गरेको छ । अबको ३ महीनामा पुँजीगततर्फ ६४ करोड ८८ लाख ७२ हजार १८६ रुपैयाँ खर्च गर्नुपर्ने देखिन्छ । 

आर्थिक महाशाखाका अनुसार प्रथम चौमासिकमा २६ करोड ६० लाख ८६ हजार ३१ रुपैयाँ खर्च भएको छ भने दोस्रो चौमासिकमा ३० करोड ५० लाख २३ हजार ६६४ रुपैयाँ खर्च भएको छ ।

तेस्रो चौमासिक शुरु भए यता कुनै पनि खर्च हुन सकेको छैन । दोस्रो चौमासिक सकिदा सामान्यतया ६५ प्रतिशतसम्म खर्च भइसक्नु पर्ने हुन्थ्यो । तर चौमासिक अनुसार खर्च गर्ने प्रक्रिया शुरुवातमै नितिगत व्यवधानहरु पूरा गर्न नसक्दा खर्च नै ढिलोबाट शुरु हुने गरेकाले समस्या देखिएको उपमहानगरपालिकाका आर्थिक महाशाखा प्रमुख भेषराज अधिकारी बताउँछन् । 

पहिलो चौमासिकमा दररेट निश्चित गर्न, बजेट तय गर्न समय लाग्ने भएकाले सोचे जस्तो खर्च नहुने गरेको उनको भनाइ छ । दोस्रो चौमासिकमा अहिले काम शुरु हुनुपर्ने तर गर्न नसकिएको उनले बताए । उनले भने, कम्तीमा पनि ५० प्रतिशत जति काम भएको भए राम्रो भन्न मिल्थ्यो, अहिलेको अनुसार चै कमजोर नै भन्नुपर्छ, कामहरु नसकिएकाले नै ढिलाई भएको हो ।’ चालू खर्च पनि लक्ष्य अनुसार खर्च नभएको उनले बताए । कार्यक्रम सञ्चालनको खर्च पनि चालूमै पर्ने भएकाले खर्च गर्न नसकिएको उनले बताए । 

सरकारले मूल्यांकनको आधार कम्तीमा आर्थिक वर्षमा ८० प्रतिशत खर्च गर्नुपर्ने हुन्छ । त्यो अनुसार तेस्रो चौमासिकमा मात्रै ५० प्रतिशत खर्च गर्नुपर्ने देखिएको छ । उनले भने, तेस्रो चौमासिकमा त्यत्रो खर्च गर्न सक्ने अवस्था नहुन सक्छ ।’

यस वर्ष आन्तरिक आयमा अनुमान गरिए जस्तो आय हुने देखिँदैन । बजेट विनियोजन नै वैज्ञानिक नभएकाले पनि बजेट कार्यान्यवनमा असर पर्ने देखिन्छ । खर्च गर्नलाई बजेट देखाउनु पर्ने भएकाले आन्तरिक आय बढाएर बजेट बनाइएको छ । उनले भने, घाटी हेरेर हाँड निल्नुपर्ने तर बजेट नै हाँड हेरेर घाँटी फुलाएको जस्तो भएको छ, जसले समस्या बनाएको छ ।’ 

अघिल्लो वर्ष कोरोनाको कारण कुल बजेटको ६२ प्रतिशत मात्रै खर्च भएको छ । यस वर्ष कोरोनाको प्रभाव नभएकाले चालू वर्ष सकिदासम्म ७० प्रतिशतसम्म खर्च गर्न सकिने अनुमान गरिएको छ । अहिलेसम्म ५० प्रतिशतसम्म खर्च गर्न सकिएको भए राम्रो हुन्थ्यो, तर त्यती पनि नपुग्दा नराम्रो नै अवस्था रहेको उनले बताए । 

उपमहानगरको वडागत खर्च पनि निराशाजनक नै रहेको छ । धरानका २० ओटै वडाहरुले तेस्रो चौमासिक शुरु हुँदासम्म पनि २३ प्रतिशत भन्दा माथि खर्च गर्न सकेका छैनन् । उपमहानगरको तथ्यांक अनुसार सबैभन्दा कम खर्च वडा नम्बर २० मा भएको छ ।

कुल १ करोड ३८ लाख २६ हजार ८०८ रुपैयाँको बजेटमा ७ लाख ६२ हजार ५४४ रुपैयाँ मात्रै खर्च भएको छ । सबैभन्दा बढी खर्च वडा नम्बर ५ ले गरेको छ । कुल १ करोड २५ लाख २१ हजार ३ ४५ रुपैयाँको बजेटमा २३ दशमलव ७३ प्रतिशतले हुन आउने २९ लाख ७१ हजार १ १९ रुपैयाँ खर्च भएको जानकारी दिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)