ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धरानको बजेट खर्च निराशाजनक

२०७७ चैत, १५  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

धरान । चालू आर्थिक वर्षको दोस्रो चौमासिक अवधि बितिसक्दा धरान उपमहानगरपालिकाको बजेट कार्यान्वयन निराशाजनक देखिएको छ । अघिल्लो वर्ष कोरोना महामारीले प्रभावले पारेको स्थानीय तहको बजेट कार्यान्यवन यस वर्ष केही खुकुलो हुँदा पनि अपेक्षित हुन सकेको छैन ।

धरान उपमहानगरपालिकाको आर्थिक महाशाखाका अनुसार चालू आवको ८ महीनामा कुल बजेटको ३० दशमलव ४५ प्रतिशत मात्र खर्च भएको छ । चालू आवका लागि उपमहानगरको कुल बजेट १ अर्ब ८७ करोड ५१ लाख २८ हजार रहेकोमा सो अवधिमा ५७ करोड ११ लाख ९ हजार मात्र खर्च भएको हो ।

उपमहानगरपालिकाले चालूतर्फ १ अर्ब १ करोड ५६ लाख ६५ हजारमध्ये ३७ करोड ५२ लाख ८७ हजार र पूँजीगत बजेट ८२ करोड ९९ लाख ८५ हजारमध्ये १७ करोड ११ लाख १३ हजार रुपैयाँ मात्रै खर्च गर्न सकेको छ ।

आर्थिक महाशाखाका अनुसार प्रथम चौमासिकमा २६ करोड ६० लाख ८६ हजार र दोस्रो चौमासिकमा ३० करोड ५० लाख २३ हजार रुपैयाँ खर्च भएको छ । तेस्रो चौमासिक शुरू भएयता कुनै पनि खर्च हुन सकेको छैन । दोस्रो चौमासिक सकिँदा सामान्यतया ६५ प्रतिशतसम्म खर्च भइसक्नुपर्ने पथ्र्यो । तर खर्च गर्ने प्रक्रियामा शुरुआतमै नीतिगत व्यवधान पूरा गर्न नसक्दा समस्या देखिएको उपमहानगरपालिकाका आर्थिक महाशाखा प्रमुख भेषराज अधिकारीले बताए । पहिलो चौमासिकमा दररेट निश्चित गर्न, बजेट तय गर्न समय लाग्ने भएकाले अपेक्षित खर्च नहुने गरेको उनको भनाइ छ ।

उपमहानगरको वडागत खर्च पनि निराशाजनक नै छ । धरानका २० ओटै वडाले तेस्रो चौमासिक शुरू हुँदासम्म समेत २३ प्रतिशतभन्दा बढी खर्च गर्न सकेका छैनन् । उपमहानगरको तथ्यांक अनुसार सबैभन्दा कम खर्च वडा नं २० मा भएको छ । कुल १ करोड ३८ लाख २६ हजार रुपैयाँको बजेटमा सो वडाले ७ लाख ६२ हजार मात्रै खर्च गरेको छ । यस्तै सबैभन्दा बढी खर्च वडा नं ५ ले गरेको छ । कुल १ करोड २५ लाख २१ हजार रुपैयाँको बजेटमध्ये २९ लाख ७१ हजार खर्च भएको वडा कार्यालयले बताएको छ, जुन विनियोजित बजेटको २३ प्रतिशत हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)