ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धरानमा बाँदर आतंक

२०७७ चैत, २०  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

धरान । जंगल क्षेत्र साँघुरिँदै गएपछि बजार छिर्न थालेका बाँदरका हुलले धरानवासी आतंकित भएका भएका छन् । विगत १० वर्षदेखि बाँदरको समस्या समाधान हुन नसक्दा स्थानीयवासी आजित भएका छन् ।

बाँदरका हुल बजार क्षेत्रमा प्रवेश गरेर खाना खाइदिने, फलफूल तथा सागसब्जी चोर्ने, पसलका सामग्री च्यातिदिने लगायत क्षति पु¥याउने गरेकाले धरानका सर्वसाधारणले हैरानी बेहोर्नुपरेको हो ।

बाँदर व्यवस्थापनका लागि २०७० सालमा धरान–३ निवासी सकुल श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय बाँदर पीडित संघर्ष समिति गठन गरिएको थियो । समितिले तत्काल बाँदर व्यवस्थापनका लागि धरान उपमहानगरपालिका, जिल्ला वन कार्यालय सुनसरी, इलाका प्रशासन कार्यालय, अञ्चल प्रशासन कार्यालय लगायतमा ज्ञापनपत्र समेत बुझायो । तर समस्या समाधानमा यी निकायले चासो नदिँदा समस्या विकराल बनेको समितिका संयोजक श्रेष्ठले बताए । ‘बाँदर आतंक लगायत समाधानका लागि स्थानीय सरकार, प्रदेश सरकारमा धेरै गुहारियो, तर समाधानमा यी निकाय कहिल्यै गम्भीर बनेनन्,’ उनले भने ।

स्थानीय निकायको निर्वाचन हुनुअघि धरानका तत्कालीन कार्यकारी अधिकृत विष्णु कोइरालाले बाँदर व्यवस्थापनका लागि केही पहल गरे पनि त्यसले पूर्णता पाउन नसकेको संघर्ष समितिका संंयोजक श्रेष्ठको भनाइ छ । तत्कालीन कार्यकारी अधिकृत कोइरालाले कोशी टप्पु वन्यजन्तु आरक्षमा बाँदर व्यवस्थापन गरेपछि केही समय राहत मिले पनि दीर्घकालीन व्यवस्थापन नहुँदा बाँदरको आतंक नरोकिएको उनले बताए । बाँदर आतंंक समस्या समाधानका पटक पटक उपमहानगरपालिका र प्रदेश नं. १ सरकारको ध्यानाकर्षण गराइए पनि सुनुवाइ नभएको गुनासो उनले गरे ।

बाँदरले विशेषगरी धरान–१४ विजयपुर, धरान–१ रेडक्रस लाइन, धरान–२ पुरानो बजार, धरान–३ माछाभौडीमा दुःख दिने गरेको छ । यद्यपि अहिले बाँदरको संख्या बढ्दै गएकाले धरानको मुख्य बजार मानिएका भानुचौक, महेन्द्र पथ, चतरालाइन लगायत क्षेत्रमा समेत दुःख दिन थालेको छ ।

बाँदर व्यवस्थापनका लागि ७ वर्र्षदेखि विभिन्न निकायमा लगातार अनुरोध गर्दा समेत सुनुवाइ नभएपछि अब प्रदेश सरकारलाई गुहार्न लागिएको संयोजक श्रेष्ठले बताए । अहिले धरानमा ४ सयदेखि ५ सयको संख्यामा बाँदर रहेको अनुमान गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)