हुम्ला । नेपाल–चीनको सिमाना हिल्सामा स्थापना भएको सीमा सुरक्षा चौकीलाई सञ्चार सम्पर्क गर्न कठिन भएको छ । नेपाल टेलिकमको ल्याण्डलाइन फोनले काम नगर्दा र वल्र्डलिंकको इन्टरनेट सेवा बिग्रिएपछि चौकीबाट अन्यत्र सञ्चार सम्पर्क गर्न कठिन भएको हो ।
हिल्सामा स्थापना भएका सञ्चारमाध्यमले काम गर्न छाडेपछि सीमा सुरक्षा चौकीसँग सम्पर्क गर्न कठिन भएको सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक गेहेन्द्र भण्डारीले बताए । वल्र्डलिंकको इन्टरनेट सेवाले सम्पर्क गर्न केही सहज भए पनि हाल सो सेवा बिग्रिएपछि यतिखेर सम्पर्क गर्न कठिन भएको उनको भनाइ छ ।
सो ठाउँको अर्को टेलिकमको भिस्याट टेलिफोन समेत बिग्रिएको उपरीक्षक भण्डारीले बताए । चौकीका लागि स्थापना भएको भिस्याटबाट सीधै क्षेत्रीय र प्रधान कार्यालयमा मात्र सम्पर्क हुने र हिल्साको चौकीका बारेमा बुभ्mन आपूmले केन्द्रसँग सम्पर्क गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
उक्त सीमाक्षेत्रमा सोलारबाट सञ्चालन हुने भिस्याटमा घाम लागेको दिन मात्रै सम्पर्क हुने गरेको छ । यस वर्ष हिमपात कम भएकाले चार हजार ६ मिटर अग्लो नारालेक पार गरेर यारीमा आएपछि टेलिकमको सम्पर्कमा जोडिन सकिन्छ । चौकीमा खटिएका सुरक्षाकर्मीले घरपरिवार र आफन्तसँग सम्पर्क गर्न सक्ने अवस्था अझै न्यून छ । दुई वर्ष अगाडि नै नारालेकमा टावर बन्नेगरी बोलपत्र गरेको भए पनि हालसम्म सो टावर बनेको छैन । रासस