ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खाद्यन्न अभाव टार्न हवाईमार्फत ढुवानी

७ हजार क्वीन्टल खाद्यान्न स्वीकृत

२०७७ चैत, २८  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक

चैत २८, सुर्खेत । सरकारले दुर्गममा खाद्यन्न अभाव हुन नदिन हवाईमार्फत ढुवानीलाई तीव्रता दिँदै आएको छ । विशेषगरी कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी एवम् हिमाली जिल्लाहरुमा आफ्नै उत्पादनले वर्षभरी खान नपुग्ने भएपछि सरकारले अनुदानको खाद्यन्न ढुवानीलाई प्राथमिकता दिएको हो । 

सरकारले सुर्खेतबाट हुम्ला, डोल्पा, बाजुरा जिल्लाहरुमा हवाई जहाजबाट नियमित खाद्यान्न ढुवानीको व्यवस्था मिलाएको छ । पहिलो चरणमा राष्ट्रिय सडक सञ्जालले नछोएको हुम्ला जिल्लामा स्थानीय उत्पादनले मात्र खान नपुग्ने भएपछि सरकाले खाद्यन्न अभाव हुन नदिन हवाई मार्गबाट चामल ढुवानीलाई प्राथमिकता दिएको हो । 

यसवर्ष चर्को खडेरीका बीच जेठमा पाक्ने गहुँ बाली अपेक्षाकृतरुपमा नफल्ने देखिएपछि सरकारले माग अनुसारको खाद्यन्न आपूर्तिलाई गम्भिरताका साथ लिएको छ । पहिलो चरणमै हुम्लाका लागि ७ हजार क्वीन्टल चामलको कोटा स्वीकृत गरिएको खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीले बताएको छ । 

चालू आर्थिक वर्ष २०७७/०७८ का लागि जिल्ला खाद्य व्यवस्थापन समिति हुम्लाले माग गरे वमोजिम उक्त परिणामको चामल सरकारले स्वीकृत गरेको हो । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी हुम्ला शाखाले गत फागुन २६ गते आफ्नो केन्द्रिय कार्यालयमा १४ हजार क्वीन्टल माग गरेपनि ७ हजार क्वीन्टल चामल पहिलो चरणमा स्वीकृत भएको छ । ‘कम्पनीको सिमकोट केन्द्रका लागि १४ हजार क्वीन्टल माग गरेपनि चैत २६ गते केन्द्रको परिपत्र अनुसार ७ हजार क्वीन्टल चामल स्वीकृत भएको छ’, कम्पनीका हुम्ला शाखाका नायव सुव्बा भरत अधिकारीले भने, ‘यद्यपि ! विगतका वर्षहरुको तुलनामा यस वर्ष पहिलो चरणमै यति धेरै खाद्यान्न स्वीकृत भएको हो ।’ उनले स्वीकृत कोटा परिमाणको चामल कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतबाट ढुवानी हुने जानकारी दिए । 

उनका अनुसार स्वीकृत भएको चामल निजी विमानबाट छिट्टै ढुवानी हुनेछ । यता नीजि विमान कम्पनी सीता एयरले सुर्खेतबाट हुम्लाका लागि खाद्यान्न ढुवानीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग सहमति भई सकेको बताएको छ । सीता एयरका सिमकोट स्टेशनका सहायक इन्चार्ज सूर्य लामाले अबको केही दिनमै नियमित खाद्यान्न ढुवानी गर्ने तयारी भइरहेको जानकारी दिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)