ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पानी आपूर्ति बढाउन मुहान मर्मत गर्दै खानेपानी बोर्ड

२०७८ बैशाख, १४  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

धरान । भूमिगत पानी पर्याप्त नभएपछि धरान खानेपानी बोर्ड सतहको पानीका मुहान मर्मतमा जुटेको छ । खानेपानी संस्थानलाई बोर्डमा मर्ज गरेपछि पनि धरानमा खानेपानीको अभाव चुलिएपछि उपभोक्ता बोर्डको विरोधमा उत्रिएका थिए । भूमिगत स्रोतबाट मात्र पानी खुवाउन नसकेपछि बोर्ड अहिले मुहान ममर्तमा केन्द्रित बनेको हो ।

सुक्खा मौसम भएकाले भूमिगत पानी करबि ५० प्रतिशत मात्र आपूर्ति भएको छ । आपूर्ति बढाउन खानेपानीको मुख्य स्रोत मानिएको सर्दु र खर्दुको मुहान मर्मतमा बोर्ड अग्रसर भएको छ । धरानमा फागुन १७ गतेदेखि नेपाल खानेपानी संस्थान बोर्डमा गाभिएको हा । यसपछि सहज रूपमा खानेपानी आपूर्ति हुुने अपेक्षा राखेका धरानवासीले समस्या उस्तै रहेपछि बोर्डप्रति आक्रोश पोख्दै आएका छन् ।

बोर्डले सर्दु र खर्दुको मुहान आसपासका क्षेत्रमा चुहावट रोक्न आपूर्ति प्रणालीका संरचना मर्मत गर्न लागिएको बताएको छ । बोर्डका इञ्जिनीयर प्रशान्त अधिकारीले नगर प्रमुख तिलक राईको नेतृत्वमा सर्दु र खर्दुको मुहान मर्मतका लागि चुहावट भएका क्षेत्रको वस्तुगत अवस्था बुझेका छन् । ‘खानेपानीको स्रोतको चुहावट कम गर्न केही दिनअघि त्यस क्षेत्रमा गएका थियौं, चुहावट भएको स्थानमा चाँडै मर्मत गर्छौं ।’

बोर्डले यसअघि भूमिगत स्रोतबाट दैनिक १ करोड ५२ लाख २० हजार लिटर पानी उत्पादन भइरहेको बताएको थियो । संस्थानका वेलहरूबाट दैनिक ६० लाख लिटर उत्पादन हुँदा आयोजनाका थप ७ ओटा वेलबाट दैनिक ९२ लाख २० हजार लिटर भूमिगत पानी उत्पादन भइरहेको छ । धरान खानेपानीको मुख्य स्रोत सर्दु र खर्दुबाट वर्षायाममा दैनिक १ करोड ७४ लाख ९० हजार लिटर र सुक्खायाममा ४५ लाख लिटर पानी आपूर्ति हुने गरेको बताइएको छ । धरानमा दैनिक २ करोड लिटर पानीको आवश्यकता भए पनि सुक्खा मौसममा १ करोड पानी मात्र उपलब्ध हुने गरेको छ । यो समस्या नेपाल खानेपानी संस्थान धरान शाखाले वितरण गर्दा पनि थियो । वितरण लगायत सबै जिम्मा अहिले बोर्डले लिइसक्दापनि धरानवासीका खानेपानीको समस्या उस्तै छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)