ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

५४ करोड लागतमा औद्योगिक ग्राम निर्माण हुँदै

२०७८ बैशाख, २६  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ईश्वर थापा

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा ५४ करोड रुपैयाँको लागतमा औद्योगिक ग्राम निर्माण हुने भएको छ । संघीय सरकारको ‘एक स्थानीय तह : एक औद्योगिक ग्राम’ नीति अनुसार नगरपालिकाको वडा नं ७ राम्चेडाडामा ११७ रोपनी क्षेत्रफल जग्गामा उद्योग मन्त्रालयको बहुवर्षीय योजना अन्तर्गत निर्माण सो औद्योगिक ग्राम निर्माण गर्न लागिएको हो ।

औद्योगिक ग्रामको संघीय सांसद राजेन्द्रकुमार राईले बिहीवार शिलान्यास गरेका छन् । उक्त अवसरमा सांसद राईले देशलाई आर्थिक रूपमा समृत बनाउन कलकारखाना, उद्योगधन्दा खोल्न आवश्यक रहेको बताए । बेरोजगार युवालाई रोजगार दिन संघ, प्रदेश र स्थानीय सकारले नीति बनाएर हरेक स्थानीय तहमा औद्योगिक ग्राम निर्माण गरिरहेको भन्दै उनले सरकारको नीति अनुसार नै पाख्रिबास नगरपालिकामा पनि औद्योगिक ग्राम स्थापना गर्न लागिएको जानकारी दिए ।

औद्योगिक ग्रामका लागि पहिलो चरणमा १ करोड २५ लाख रुपैयाँ बराबरको ठेक्का खुलेको पाख्रिबास नगरपालिका प्रमुख वृषबहादुर राईले बताए । उक्त बजेटबाट भवन, बाटो निर्माण गरिने जानकारी उनले दिए । औद्योगिक ग्रामको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको र चालू आर्थिक वर्षमा पहिलो चरणको निर्माण गरिने उनको भनाइ छ ।

औद्योगिक ग्राम निर्माण भएपछि स्थानीयस्तरका स्रोतसाधन, कच्चापदार्थ राखिने भएको छ, जसले प्रविधि र शीपको परिचालन भई रोजगारी सृजना, स्थानीय अर्थतन्त्रमा योगदान र उत्पादन तथा उत्पादकत्व अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ । धनकुटाको थुलुङ कन्स्ट्रक्सन एण्ड सप्लायर्सले औद्योगिक ग्राम निर्माण कार्य शुरू गरिसकेको छ । यस वर्ष विनियोजित बजेटबाट चारकोठे एउटा भवन र ५०० मिटर सडक निर्माण हुने भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)