ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धनकुटा अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

२०७८ बैशाख, २६  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ईश्वर थापा

वैशाख २६, धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले धनकुटा अस्पतालको आइसोलेशन केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । 

आइतवार जिल्ला प्रशासन कार्यालय धनकुटा परिसरमा एक कार्यक्रम गरी भ्याटबाहेक ७६ हजार ९०० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

प्रशासन कार्यालयले अक्सिजन फ्लोमिटर ५ थान, अक्सिजन मास्क २५ थान, एन ९५ मास्क १०० थान, सर्जिकल ग्लभ्स एक हजार थान, हेण्ड सेनिटाइजर ५ लिटर १० जारजन र सर्जिकल मास्क एक हजार थान अस्पतालको आइसोलेशन केन्द्रलाई हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेब दाहालले जानकारी दिए ।

कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीलाई जोगाउन र आइसोलेशन केन्द्रमा रहेका कोरोना संक्रमितलाई उपचार गर्न सहयोग पुर्‍याउने उदेश्यले सामग्री हस्तान्तरण गरिएको दाहालले बताए । 

स्वास्थ्य सामग्री पाएपछि धनकुटा अस्पतालका स्वास्थ्यकर्मी र आइसोलेशन केन्द्रमा निकै सहज हुने धनकुटा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन पुजन विश्वकर्माले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)