ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीपी प्रतिष्ठानमा अक्सिजन पर्याप्त, बेड थप गर्न आवश्यक

२०७८ बैशाख, ३०  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

वैशाख ३०, धरान । कोरोना संक्रमण बढ्दै गएपछि अक्सिजनको अभाव पनि चुलिदै गएको छ । अस्पतालहरुमा अक्सिजनको अभाव हुन थालेपछि उपचारबाटै बञ्चित हुनु परेको छ भने कतिपय स्थानहरुमा संक्रमितको मृत्यु नै भएको छ ।

सरकारले पनि अस्पतालहरुलाई अक्सिजन उत्पादनमा जोड दिइरहेको छ । अक्सिजनको संकट सम्बोधन गर्न देशभित्र रहेका अक्सिजन उद्योगको क्षमता विस्तार, लिक्विड अक्सिजन प्लान्टको जडान र खाली सिलिन्डर खरीद गर्ने जस्ता विषयलाई प्राथमिकतामा राखिएको जानकारी दिएको छ । 

धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आफ्नै अक्सिजन प्लान्ट रहेको छ । खपत भन्दा ४ गुणा बढी उत्पादन हुने गरेको प्रतिष्ठानको दाबी छ । 

प्रतिष्ठानमा अक्सिजनको अभाव नहुने भएकाले उपचार कक्ष थप गरेर स्वास्थ्य सेवा दिन सकिने देखिएको छ । अक्सिजन आवश्यक्ता पर्ने बिरामीका लागि बेड संख्या थपेर उपचार गर्न सकिने सम्भावना रहेको प्रतिष्ठानका चिकित्सकहरुको भनाइ छ । 

प्रतिष्ठानका अनुसार अहिले प्रतिष्ठानको आफ्नै अक्सिजन प्लान्टबाट प्रति मिनेट १ हजार ६०० लिटर अक्सिजन उत्पादन भइरहेको छ । खपत भन्दा चार गुणा बढी अक्सिजन उत्पादन हुने गरेको छ । 

पछिल्लो समय कोभिडका बिरामीको चाप बढ्दै गएको अवस्थामा कोभिड अस्पताल सहित प्रतिष्ठानका अन्य विभागहरुमा प्रयोग भएको अक्सिजन खपत बढ्दै गएपछि प्रतिष्ठानमा उत्पादन भएको अक्सिजनबाट करीब ४०० देखि ५०० बिरामी भर्ना भए पनि धान्न सकिने भएको छ । 

कोभिडको उपचारका लागि बेड संख्या बढाएर अक्सिजन सहितको उपचारको व्यवस्था गर्नुपर्ने एक चिकित्सक बताउँछन् । उनले भने, ‘प्रतिष्ठानले दाबी गरे जस्तो खपतभन्दा ४ गुणा बढी अक्सिजन उत्पादन भइरहेको छ भने, सोही अनुपातमा बेड संख्या थप गरेर अक्सिजन सहितको उपचारको व्यवस्थापन गर्न सकिन्छ ।’ 

अक्सिजन प्लान्टका लागि आवश्यक पर्ने प्राविधिक सहित, जेनेटर लगायत जनशक्तिलाई व्यवस्थित गर्दै चौबिसै घण्टा अक्सिजन उत्पादन गरेर सहजताका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनको भनाइ छ । बेड संख्या थपेर कोभिडका बिरामीलाई अक्सिजन सहितको उपचारका लागि थप कक्षहरु निर्माण गरिनु पर्ने उनी बताउँछन् । उत्पादन भएका अक्सिजन थप बिरामीको लागि उपयोग गर्न सकिने उनले बताए । 

दैनिक संक्रमितको संख्या बढ्दै गएपछि प्रतिष्ठानले पनि अन्य विभागहरुमा कोभिड उपचारका लागि कक्ष थप्ने तयारी गरेको छ । केही विभागीय वार्डहरुमा अक्सिजन पाइपलाइन विस्तार गरेर बेड थप गर्ने पहल भइरहेको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले बताए । 

पछिल्लो समय दोस्रो चरणको कोरोना संक्रमण अघिल्लो भन्दा विल्कुलै फरक भएकाले अक्सिजनको खपत पनि बढ्दै गएको छ । प्रतिष्ठानले कल्पना गरे जस्तो भन्दा फरक भएकाले प्रतिष्ठानमा पनि अक्सिजनको खपत बढेको उनी बताउँछन् ।

उनले भने, ‘दैनिक ६०० देखि ७०० सम्म खपत होला भन्ने सोचेका थियौं, तर अहिले संक्रमण दर बढे अनुसार अक्सिजनको मात्रा धेरै दिनुपर्ने अवस्था छ, अक्सिजन उत्पादनमा कमी भएको होइन्, बिरामीलाई चाहिने अक्सिजनको मात्रा बढ्दै गएको छ ।’ उत्पादन भएका अक्सिजनले थप बिरामीलाई समेत सेवा दिन सकिने भएकाले नयाँ बेड थप गर्ने योजनामा रहेको उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)