ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

समुदायस्तरमा फैलियो कोरोना - ‘चेन ब्रेक’ गर्न कर्फ्यू लगाऔं : व्यवसायी

२०७८ जेठ, २  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वेदराज पौडेल

विराटनगर । समुदायस्तरमा फैलिएको कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’ गर्न सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी र तिनका संगठनले मोरङ जिल्लाभर लागू हुनेगरी कम्तीमा दुई साता कफ्र्यू लगाउन माग गरेका छन् ।

नागरिकको जीवन बचेमा मात्र उद्योग र बजार चल्ने भन्दै नेपाल उद्योग परिसंघका प्रदेश १ अध्यक्ष भीम घिमिरेले संक्रमण नियन्त्रणका लागि कम्तीमा १० दिन भए पनि कफ्र्यू लगाउन प्रशासनलाई आग्रह गरेका छन् । यस्तै मोरङ व्यापार संघले विज्ञप्ति नै जारी गरी कोरोना संक्रमणको चेन ब्रेक गर्न कफ्र्यू लगाउन आग्रह गरेको छ ।

संघका अध्यक्ष प्रकाश मुन्दडाले जारी गरेको विज्ञप्तिमा कम्तीमा सात दिन मुलुकभर कर्फ्यू लगाउन आग्रह गरिएको छ । कोरोना भाइरसको संक्रमण दर उच्च भएको मुलुकमा नेपाल पनि समावेश भएकाले उच्च दरलाई घटाउन कफर््यू लगाउन सुझाइएको छ ।

अध्यक्ष मुन्दडाले मुलुकका सर्वसाधारण सबैको जीवनको रक्षाका लागि विश्व स्वास्थ्य संगठनले स्वीकृति दिएका खोपहरू निजीक्षेत्रले पनि मगाउन पाउनेगरी सरकारले व्यवस्था गर्नुपर्ने माग गरे । ‘कर्फ्यू लगाएर संक्रमण दर नियन्त्रण राख्ने र भ्याक्सिनलाई सर्वसाधारणको पहँुचमा हुनेगरी निजीक्षेत्रलाई समेत आयात गर्नेगरी बाटो खुलाउन पर्छ,’ उनले भने, ‘त्यसपछि मात्र कोरोना नियन्त्रणमा आउँछ ।’

विराट व्यापार संघका अध्यक्ष सुजन थापाले मानव जातिकै विनाश भइरहेकाले यसलाई जोगाउन र मुलुकलाई महामारीबाट सुरक्षित राख्न पनि कडाखाले कप्mर्यू लागू गरिनुपर्ने बताए ।

यस क्षेत्रका अधिकांश उद्योगी व्यवसायीले कोरोना संक्रमण नियन्त्रणका लागि कफ्र्यू लगाउन माग गरे पनि नागरिक अधिकारको हनन हुने भन्दै जिल्ला प्रशासन कार्यालयले उक्त मागलाई टार्दै आएको छ ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयशराज प्याकुरेल भने राज्यले लकडाउन गरेपछि त्यसलाई मानेर घरमै बसिदिने हो भने कफ्र्यूको आवश्यकता नपर्ने बताउँछन् । ‘थाम्नै नसक्ने अवस्था आयो भने राज्यले कफ्र्यू लगाउनुपर्छ तर हामीले आफूलाई भन्दा पनि तल्लो स्तरका जनताको दिनचर्यालाई ध्यानमा राख्नुपर्छ,’ उनले भने ।

प्रहरी उपरीक्षक सन्तोष खड्काले कफ्र्यू विशेष परिस्थितिमा शान्ति स्थापनाका लागि चालिने कदम भएकाले लकडाउनलाई नै कडा पार्दै लैजाने बताए । आम मानिसले लकडाउनको अर्थ बुझेर त्यसलाई पालना गरे समस्या नआउने, तर विनाकारण बाहिर निस्किदिनाले नियन्त्रणमा कडा बन्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले गणतन्त्रमा नागरिकलाई जबरर्जस्ती नियन्त्रणमा राख्न नसकिने बताए । कर्फ्यू लगाउँदा उद्योगमा काम गर्ने मजदूर र तल्लो वर्गका सर्वसाधारण बढी प्रभावित हुने भएकाले निषेधाज्ञालाई नै कडा बनाउन सकिने उनको भनाइ छ । ‘महामारी नियन्त्रणका लागि सबैले सहयोग गर्नुपर्ने बेला भएको छ,’ उनले भने, ‘सबैभन्दा ठूलो कुरा आत्म–अनुशासन भएकाले बाहिर जान हुँदैन भनेर नागरिक घरमै बसिदिए समस्याको समाधान हुने थियो ।’ तर बाहिर जाँदा कोरोना सर्ने जोखिम बढी हुन्छ भन्ने जान्दा जान्दै पनि अटेर गर्नेलाई भने अब कडाइ गरिने उनले बताए ।

कोरोना संक्रमणका कारण विराटनगरमा शनिवार मात्रै सातजनाको मृत्यु भएको छ भने प्रदेश १ मा ५९१ नयाँ संक्रमित थपिएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)