ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दूधमा आत्मनिर्भर बराहक्षेत्रका कृषक मारमा

२०७८ जेठ, २  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

जेठ २, सुनसरी । लकडाउनको प्रत्यक्ष असर दूधबाट दैनिक आम्दानीमा निर्भर साना किसानहरूमा परेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिकाका विभिन्न साना पशुपालक कृषकहरुको उत्पादित दूध बजारसम्म पुर्‍याउन नसक्दा मारमा परेका हुन् । 

शहर बजारमा दैनिक ज्यालादारी गर्ने श्रमिकको चिन्ता जतिकै गाउँबाट बजारमा लगेर दूध बेच्ने दूध व्यवसायीहरूमा पनि बेरोजगारीको चिन्ता बढ्दै गएको छ ।

यति बेला उनीहरु अर्ध–बेरोजगार बनेका छन् । लकडाउनका कारण सम्पूर्ण होटल, व्यवसाय बन्द हुँदा पर्याप्त दूध खपत हुन सकेको छैन । उत्पादन भएको ५० प्रतिशत दूधको व्यापारमा ह्रास आएको उनीहरुको भनाइ  छ । 

ठूला तथा साना डेरीवालाहरू लकडाउनमा केहि जेनतेन चलिरहेका छन् । तर साइकल, मोटरसाइकलमा टेमीमा बजार पुर्‍याएर दूधको व्यावसाय गर्ने हरूलाई समस्या भएको छ । 

एकातिर प्रशासनको कडाइ अर्को तिर होटल व्यवसाय बन्द हुँदा दूध खपत न्यून हुन थालेपछि उनीहरूको व्यवसाय अहिले ५० प्रतिशत मात्रै हुन थालेको छ । जसले गर्दा एउटा दुईओटा गाई, भैँसी पालन गरेर २/४ लिटर दूधको आम्दानी गर्ने वा फर्म खोलेर कृषिमा निर्भर किसानहरू थप मारमा परेका छन् । 

धरान, इटहरीमा दैनिक साइकल, मोटरसाइकल, टेमीमा दूध विक्री गर्न जाने बराहक्षेत्र नगरपालिकाको कालाबन्जार, रामझोडा, सिमरवन, विशाल चोक, धनपुरी, पिडारीका करीब २०० दुग्ध व्यवसायी प्रभावित भएका छन् भने करीब ५०० परिवार पीडित बनेका छन् । 

गाउँका साना साना किसानबाट मोटरसाइकल र साइकलमा संकलन गरेर उपभोक्ताको घर घर पुर्‍याउने दुग्ध व्यवसायीलाई लकडाउनमा स्थानीय प्रशासनले कडाइ र होटल व्यवसाय बन्द भए पछि दुग्ध खपतमा ह्रास आएको भरौलका साना दुग्ध व्यवसायी हर्क राई बताउँछन् । 

उनले भने, ‘धरानमा होटल, पसल, व्यवसाय बन्द छ, घर भित्रै बसेकाले दूध खपत पनि खासै हुँदैन दूध विक्री गर्न समस्या परेकाले हामी आफै मार्कामा परेका छौ, यसै कारण किसान र साना व्यवसायीलाई सरकार राहतले राहत दिनुपर्ने अवस्था आएको छ ।’ 

दूध धरान पुर्‍याउने काम पनि संक्रमणको डरले असुरक्षित छ । दूध खपत कम हुँदा किसानबाट उत्पादन भएका सबै दूध संकलन गर्न सकेका छैनन् । अन्य समयमा करीब १२० लिटर दैनिक विक्री गर्ने उनी अहिले मुस्किलले ४० देखि ४५ लिटर मात्र विक्री गर्ने गर्दछन् ।

कोरोना भाइरसको रोकथामका लागि भएको लकडाउनले भने पशुपालन व्यवसायनै धरापमा परेको अर्का दूध व्यवसायी दिपक पाण्डे बताउँछन् । उनी भन्छन्, ‘कोरोना महामारीको त्रासमा रहेका किसानहरूले उत्पादन गर्दै आएको दूध विक्री हुन छाडे पछि आर्थिक दबाब बढेको छ, दैनिक सात, आठ लिटर दूध उत्पादन गर्ने घरमा ५०० रुपैयाँ कमाइ गरेर घर चलाउने परिवारलाई उत्पादन भएको सबै दूध खपत नहुदा समस्या पर्न थालेको छ ।’ 

पाण्डेले दैनिक १४० लिटर दूध इटहरी लगेर बेच्ने गरेका थिए । तर अहिले ५० लिटर मात्र विक्री हुने गरेको उनी बताउँछन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)