ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना संक्रमितको अवस्था बुझ्न जनप्रतिनिधिको टोली घरघरमा

२०७८ जेठ, ५  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ईश्वर थापा

जेठ ५, धनकुटा । धनकुटा नगरपालिकाको १० ओटै वडामा कोरोना संक्रमितको समस्या बुझ्नका लागि जनप्रतिनिधिको टोली खटिएको छ । नगरपालिकाको सबै वडामा रहेका संक्रमितहरुको अवस्था बुझ्न स्वास्थ्य सामग्री सहित जनप्रतिनिधि पुगेका हुन् । 

विशेषगरी नगरपालिकाको बजार क्षेत्रमा कोरोना संक्रमित धेरै रहेका छन् । टोलीले नगरपालिकाको हिले, कागते, स्कुलडाँडा, छारागाउँ, भीमनारायण चोक, बीचबजार, हुलाक टोल लगायतका ठाउँमा रहेका संक्रमितहरुलाई परामर्श दिइएको छ । होम आइसोलेशनमा बसेका संक्रमितको अवस्था, स्वास्थयमा परेका समस्या, परिवार, छिमेकले गर्ने व्यावहारका बारेमा बुझ्नका लागि वडा वडामा पुगेको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए । 

नगरपालिकाभित्र रहेका संक्रमितहरुको स्वास्थ्य अवस्था हेरेर उपचारको विधि अपनाउन लागि घरघरमा पुगेर सल्लाह दिइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भोजराज भण्डारीले बताए । कोरोना संक्रमितलाई आवश्यक परामर्श र स्वास्थ्य सल्लाह खानपिन, सरसफाई, जोखिमको बारेमा जानकारी प्रदान गरिएको छ । उनीहरुलाई आवस्यक सुरक्षा सामग्री, औषधि समेत वितरण गरिएको छ ।

धनकुटा नगरपालिकामा अहिलेसम्म १६२ जना संक्रमित रहेकोमा ३२ निको भएका छन् । १२४ जना होम आइसोलेशन, ६ जना धनकुटा अस्पतालको आइसोलेशनमा रहेका छन् । संक्रिय संक्रमित मध्ये कसैमा पनि पनि अवस्था जटिल नदेखिएको भण्डारीले बताए ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतदेखि वडाध्यक्षसम्म संक्रमित
कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ भने यसपटकको संक्रमण थप घातक देखिएको छ । जसले  गर्दा संक्रमित हुनेको संख्याले दिनहुँ बढरिहेको छ । दोस्रो लहरको संक्रमण बढ्दै जाँदा धनकुटामा स्वास्थ्यकर्मी आमनागरिक मात्रै हैन जिल्लाका उच्च तहका व्यक्तिहरु संक्रमित हुने क्रम बढ्दै गएको छ ।

कोरोनाको दोस्रो लहरले जिल्लामा धनकुटा नगरपालिका बढी नै प्रभावित भएको छ । कोरोनाले धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतदेखि वडाध्यक्षसम्मलाई भेटेको छ । नगरपालिकाकै काममा रहेको बेला नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर थापादेखि वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठलाई संक्रमण पुष्टि भएको छ । 

उनीहरु घरमै बसेर उपचार गरिरहेका छन् । अहिले उनीहरुको स्वास्थ्यमा सुधार हुँदै गएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भोजराज भण्डारीले जानकारी दिए । ‘स्वास्थ्य अवस्था सुधार हुँदैछ सम्भवतः उहाँहरुलाई केही दिनमै ठिक हुन्छ होला ।’

यस्तै, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत थापा सहित प्राविधिकहरु २ जना र १ जना कार्यालय सहयोगी संक्रमित भएका छन् भने वडा नं. ६ का अध्यक्ष नरेश श्रेष्ठ संक्रमित भएका छन् । उनीहरुको सबै होम आइसोलेशनमा बसेका छन् भने स्वास्थ्य अवस्थामा पनि सुधार हुँदै गएको भण्डारीले बताए ।

‘संक्रमण पुष्टि भएपछि तयारीका साथ उपचार भइरहेको छ ।’ स्वास्थ्य शाखा प्रमुख भण्डारीले भने, ‘सबै संक्रमितसँग नियमित सम्पर्क गरेर स्वास्थ्य अवस्था बुझ्ने काम भइरहेको छ ।’

‘संक्रमित भएको १३ दिन भयो अहिले अलि ठिक भयो ।’ वडाध्यक्ष श्रेष्ठ भने ‘३ दिनजति निकै समस्या भयो तैपनि घरैमा उपचार गरे, सबैलाई सचेत हुन आग्रह गर्दछु ।’

धनकुटा नगरपालिका ७ का एक कोरोना संक्रमितले सबै होम आइसोलेशनमा बसेका बिरामीको लागि कम्तिमा एउटा ज्वरो नाप्नको लागि थर्मल गन र अक्सिजन नाप्ने अक्सिमिटर आवश्यक परेको बताए । उनले अझैपनि कोरोनाले पार्ने असरबारे जनचेतनाको कमी रहेको बताए । 

कोरोना रोकथामबारे टोलटोलमा सचेतामूलक अभियानलाई तीव्र पार्नुपर्ने उनको भनाइ छ । ‘यति समस्या होला भनेर सोचेकै थिएन तर, मरेर बाचेको छु’, उनले भने ‘जिम्मेवार निकायका केहि सीमित व्यक्तिहरुको उपस्थितिमा सचेतना गराउन आवश्यक छ ।’
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)