ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उद्योग वाणिज्य संघ रुकुम पश्चिमको बेरुजु करीब २१ लाख 

२०७८ जेठ, ६  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल

जेठ ६, रुकुम (पश्चिम) । उद्योग वाणिज्य संघ रुकुम (पश्चिम) को बेरुजु २० लाख ८५ हजार रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७३/७४ देखि विभिन्न व्यक्तिले संघबाट रकम लिएर फर्छ्यौट गरेका छैनन् ।  

संघको १३ औं वार्षिक साधारण सभामा पेश गरिएको प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७४/०७५ भित्र सबै बेरुजु असुल उपर गर्नुपर्ने उल्लेख थियो । तर त्यसको तीन वर्ष बित्दासमेत कार्य समितिका सदस्यले पेस्की लिएको ९ लाख ७५ हजार रुपैयाँ फिर्ता गरेका छैनन् ।

त्यस्तै, करदाता सेवा शुल्क बापतको १२ हजार र एक गाउँ, एक उत्पादन कार्यक्रमको ३ लाख २८ हजार रुपैयाँ पनि बेरुजु देखिएको छ । कृषि मन्त्रालयले उद्योग वाणिज्य महासंघ मार्फत एक गाउँ, एक उत्पादन कार्यक्रमका लागि बजेट पठाएको थियो । आर्थिक वर्ष २०७४/०७५ मा ७ लाख ६८ हजार रुपैयाँ पनि संघमा बेरुजु देखिएको छ ।

संघको विवाद मिलाउन बनेको समितिका सदस्य डिलबहादुर केसीले उक्त प्रतिवेदन साधारण सभामा पेश गरेका थिए । संघले यसअघि तोकेको २०७५ असार २२ गतेको साधारणसभा विवादपछि स्थगित भएको थियो । 

आर्थिक अनियमितता भएको भन्दै व्यवसायीले साधारण सभा अघि बढ्न नदिएपछि विशेष समिति गठन गरिएको थियो । पहलबहादुर खड्का संयोजक रहेको समितिले साधारण सभा गरी प्रतिवेदन सार्वजनिक गरेको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)