ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

फेरियो मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाम

अब मध्यपश्चिम विश्वविद्यालय

२०७८ जेठ, ७  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar विनोद लम्साल

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा केन्द्रीय कार्यालय रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाम फेरिएको छ । नेपाल कानुन संशोधन आयोगले विश्वविद्यालयको नाम ‘मध्यपश्चिम विश्वविद्यालय’ राखेको हो ।

अंग्रेजीमा ‘मिडवेस्टर्न युनिभर्सिटी’ रहेकामा अब ‘मिडवेस्ट युनिभर्सिटी’ भएको छ ।

शिक्षासम्बन्धी ऐन संशोधन गर्न बनेको ऐन, २०७७ (तेस्रो संशोधन) अनुसार मध्यपश्चिम विश्वविद्यालय ऐन, २०६७ संशोधन गरी नाम परिवर्तन गरिएको हो ।

‘मध्यपश्चिमाञ्चल’ शब्दबाट ‘मध्यपश्चिम’ मा रुपान्तरण भएको विद्यालयले जनाएको छ । अब मध्यपश्चिम विश्वविद्यालय नाम रहनेछ ।

विश्वविद्यालयको नाम परिवर्तन गरिए पनि आर्थिक मितव्ययीता कायम गर्न केही समयसम्म साविककै नाम भएका लेटरप्याड, लोगो, झन्डा, उत्तरपुस्तिका र डिजिटल सम्पत्ति प्रयोग गरिने विश्वविद्यालयले जनाएको छ ।

यसले गर्दा आधिकारितामाथि कुनै असर नपर्ने विश्वविद्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)