ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

संक्रमितको अवस्था बुझ्न जनप्रतिनिधिको टोली घरघरमा

२०७८ जेठ, ७  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ईश्वर थापा

धनकुटा । धनकुटा नगरपालिकाका १० ओटै वडामा कोरोना संक्रमितको समस्या बुझ्न जनप्रतिनिधिको टोली खटिएको छ । नगरपालिकाका सबै वडामा रहेका संक्रमितको अवस्था बुझ्न स्वास्थ्य सामग्रीसहित जनप्रतिनिधि पुगेका हुन् ।

विशेषगरी नगरपालिकाको बजार क्षेत्रमा कोरोना संक्रमित धेरै छन् । टोलीले नगरपालिकाका हिले, कागते, स्कुलडाँडा, छारागाउँ, भीमनारायण चोक, बीचबजार, हुलाक टोल लगायतका ठाउँमा रहेका संक्रमितलाई आवश्यक परामर्श दिएको छ । होम आइसोलेसनमा बसेका संक्रमितको अवस्था, स्वास्थ्यमा परेका समस्या, परिवार, छिमेकले गर्ने व्यवहारका बारेमा बुझ्न वडा वडामा पुगेको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए ।

नगरपालिकाभित्र रहेका संक्रमितको स्वास्थ्य अवस्था हेरेर उपचारको विधि अपनाउन घरघरमा पुगेर सल्लाह दिइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भोजराज भण्डारीले बताए । कोरोना संक्रमितलाई आवश्यक स्वास्थ्य परामर्श, खानपिन, सरसफाइ, जोखिमको बारेमा जानकारी प्रदान गरिएको छ । साथै स्वास्थ्य सुरक्षा सामग्री, औषधि समेत वितरण गरिएको छ ।

जिल्लामा कोरोना संक्रमण तीव्र्र रूपमा फैलिएको छ भने यसपटकको संक्रमण थप घातक देखिएको छ । कोरोनाको दोस्रो लहरले जिल्लाका अन्य स्थानीय तहको तुलनामा धनकुटा नगरपालिका बढी प्रभावित भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतदेखि वडाध्यक्षसम्म संक्रमित भएका छन् । धनकुटा नगरपालिका–७ का एक कोरोना संक्रमितले होम आइसोलेसनमा बसेका बिरामीका लागि ज्वरो नाप्ने थर्मल गन र अक्सिजन नाप्ने अक्सिमिटर आवश्यक परेको बताए । कोरोनाले पार्ने असरबारे अझै  पनि जनचेतनाको कमी रहेको उनको भनाइ छ । कोरोना रोकथामबारे टोलटोलमा सचेतनामूलक अभियानलाई तीव्र पार्नुपर्नेमा उनले जोड दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)