ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोभिड प्रतिकार्यका लागि १३ करोड ८० लाख निकासा

२०७८ जेठ, ९  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar आकाश तारा बयक

सुर्खेत । कर्णाली प्रदेश सरकारले अक्सिजन, कोरोनाको उपचारमा प्रयोग हुने  महŒवपूर्ण औषधि र बिरामीको हवाई उद्धारका लागि १३ करोड ८० लाख रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ । गत आइतवार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयमार्फत उक्त कामको जिम्मेवारी प्रदेश स्वास्थ्य सेवा निर्देशनालयलाई दिएको छ ।

प्रदेश सरकारले अक्सिजन सिलिन्डर खरिद तथा व्यवस्थापनका लागि ६ करोड ३५ लाख, अक्सिजन कन्सन्ट्रेटरका लागि ५ करोड ४५ लाख, रेम्डेसिभिरलगायत औषधि खरिदका लागि १ करोड र कोभिड बिरामीको हवाई उद्धारका लागि १ करोड रुपैयाँ दिने निर्णय गरेको हो । साथै प्रदेशका लागि आवश्यक पर्ने अक्सिजन आपूर्तिका लागि सुर्खेतमा प्लान्ट स्थापना तथा सञ्चालन गर्नेसमेत निर्णय गरिएको छ ।

कोरोना प्रतिकार्यका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले कर्णाली प्रदेश सरकारअन्तर्गत स्वीकृत बजेट शीर्षकबाट समर्पण गराई वा अन्य कुनै पनि बजेट शीर्षकबाट स्रोत व्यवस्थापन गर्ने उल्लेख छ । स्वास्थ्य सेवा निर्देशक डा. रविन खड्काले प्रदेश सरकारको निर्देशन र निर्णयअनुसार सार्वजनिक खरिद ऐनको दफा ६६ र सार्वजनिक खरिद नियमावलीको नियम १४५ को प्रक्रियाअनुसार एक हप्ताभित्रै तोकिएको जिम्मेवारी पूरा गर्नेगरी काम थालिएको बताए । उक्त दफा र नियममा विशेष परिस्थितिमा छोटो प्रक्रियाबाट खरिद कार्य गर्न सकिने उल्लेख छ ।

कर्णाली प्रदेश सरकारले यसअघि नै गरिब तथा विपन्न समुदायका कोरोना संक्रमितका लागि रेम्डेसिभिर औषधि निःशुल्क उपलब्ध गराउने र हवाई उद्धारसमेत निःशुल्क गर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयनका लागि बजेट व्यवस्था गरिएको निर्देशक खड्काले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)