ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीपी प्रतिष्ठानमा सेवा सुविधाको माग गर्दै स्टाफ नर्स आन्दोलित

२०७८ जेठ, ९  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

जेठ ९, धरान । एकातिर प्रमुख पदाधिकारीहरु कमिशनको खेलमा तानातान छन्, अर्को तिर कोरोना संक्रमित बिरामीहरुसँग प्रत्यक्षरुपमा सेवा दिइरहेका नर्सहरु सेवा सुविधाको माग गर्दै आन्दोलित भइरहेका छन् धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा । 

कुर्सीमा बसेर भ्रष्टाचार गर्न अनेक बहाना खोज्ने प्रमुख पदाधिकारीहरु प्रतिष्ठानको सेवा सुविधा लिएर बसेका छन्, त्यही बिरामीको प्रत्यक्ष सेवामा दिनरात काम गरिरहेका नर्सहरु तलब, भत्ता सहित सेवा सुविधाको माग गरिरहेका छन् । आइतवार नर्सहरुको टोलिले प्रतिष्ठानका प्रमुख ४ पदाधिकारी सहित मेट्रोनलाई ७ बुँदे मागपत्र बुझाएका छन् । 

प्रतिष्ठानका कर्मचारीलाई आर्थिक संकट देखाउँदै पदाधिकारीहरु भने आर्थिक अनियमिततामा लागेका छन् । प्रतिष्ठानका उपकुलपति र रजिष्टर्डले कमिशन आउने कामहरुमा आफूखुशी खर्च गर्ने तर कर्मचारीहरुलाई चै संकट देखाउने गरेको कर्मचारीहरु बताउँछन् । केही दिन अघि चिकित्सकहरुले समेत तलब नपाउँदा काम नै रोक्न खोजेका थिए । 

कोभिड अस्पतालमा बिरामीका लागि ज्यान नै जोखिममा राखेर काम गरिरहेका स्टाफ नर्सहरुलाई तलब नपाए पनि जबरजस्ती काम गर्न दबाब दिइरहेको छ । उनीहरुले अघिल्लो वर्ष बढेको तलब समेत पाउन सकेका छैनन् भने सरकारले नै दिएको जोखिम भत्ता पनि नपाएको गुनासो गरेका छन् । उनीहरु भन्छन्, ‘५० प्रतिशत मात्रै तलब पाउछ भन्छ तर कोभिडमा ड्युटीचै खटाइरहेको छ ।’

अघिल्लो वर्ष कोरोनाको महामारी देखि नै बढेको तलब हालसम्म नआएको कोभिड अस्पतालमा कार्यरत एक नर्सले बताइन् । उनले भनिन्, ‘आर्थिक वर्ष सकिन लागिसक्यो, अहिलेसम्म तलब दिएको छैनन्, पोहोरको पनि कसैले ४० प्रतिशत मात्रै तलब पाएका छन् ।’
प्रतिष्ठानमा आर्थिक संकटमा छ भन्दै फर्काउने गरेको उनीहरुको गुनासो छ । उनीहरु भन्छन्, ‘प्रतिष्ठानका पदाधिकारीहरुले महीना पुग्ने बित्तिकै तलब लिन्छ,

हामीलाई चै आलटाल गरिरहेका छन् ।’ कोभिड अस्पतालमा ड्युटी गरिरहेका स्टाफ नर्सहरुलाई स्वास्थ्य सुरक्षाका सामग्री सहित बढेको तलब र भत्ता यही महीना भित्र पाउनुपर्ने माग गरेका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)