ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अक्सिजनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

२०७८ जेठ, ११  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल

जेठ ११, वीरेन्द्रनगर । कर्णाली प्रदेशका अस्पतालहरूमा मेडिकल अक्सिजनको अभाव भएपछि आपूर्तिका लागि दबाब दिन युवाहरूको समूहले धर्ना दिएको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि सोमवार युवाहरूको समूहले धर्ना दिएको हो । अस्पतालहरूमा पर्याप्त अक्सिजनको व्यवस्था गर्न माग गर्दै युवाको समूह मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका हुन् ।

अहिले कोरोना संक्रमितको उपचारको लागि मुख्य समस्या अक्सिजनको रहेको र त्यसतर्फ सरकार जिम्मेवार नबनेको उनीहरूले बताएका छन् । मोटे ग्याङ नेपालको संयोजनमा भएको धर्ना कार्यक्रममा सरकारले तत्काल दैनिक २५० ओटा सिलिण्डर अक्सिजन व्यवस्थापन गर्न माग गरिएको छ । मोटे ग्याङका सदस्य अनिल ढकालले अक्सिजन व्यवस्थापनमा प्रदेश सरकारको लापरवाही देखिएपछि दबाब स्वरूप धर्ना दिएको बताए । 

‘अहिले नेपालगञ्जबाट सहजै रूपमा अक्सिजन भरेर ल्याउन सकिन्छ । तर, यहाँ अक्सिजन सिलिण्डरको समेत कमी देखियो । यसमा सरकारको ध्यानाकर्षण गर्न धर्ना दिएका हौं,’ ढकालले भने । सरकारको ध्यान स्वास्थ्य सामग्री र औषधी उपचारमा केन्द्रित हुनु पर्नेमा त्यसतर्फ गम्भीर नबनेको उनको आरोप छ ।

युवाहरूको समूहले यस विषयमा सोमवार नै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग अक्सिजन व्यवस्थापनका लागि सरकार र स्वयंसेवक समूहले संयुक्त प्रयास गर्ने समझदारी भएको बताएको छ । 

‘धर्नासँगै मुख्यमन्त्रीसँग पनि हाम्रो छलफल भयो,’ ढकालले भने, ‘मन्त्रिपरिषद्को बैठक पनि बस्दै रहेछ । केही निर्णय होला । अब व्यवस्थापनमा सहज हुन्छ भन्ने अपेक्षा लिएका छौं ।’ उनले बाहिर जिल्लाका मानिसहरू सुर्खेतका उपचारको क्रममा मृत्यु हुँदा शव व्यवस्थापनमा समस्या देखिएकाले यसबारे पनि मुख्यमन्त्रीलाई जानकारी गराएको बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)