ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुर्खेत र कालीकोटमा अक्सिजन सिलिण्डर रिफिलिङको व्यवस्था 

२०७८ जेठ, १२  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल

जेठ १२, वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले सुर्खेत र कालीकोटमा अक्सिजन सिलिण्डर भर्ने (रिफिलिङ) को व्यवस्था गर्ने भएको छ । कर्णाली प्रदेशलाई नै धान्ने गरी सुर्खेत र कालीकोटमा अक्सिजन सिलिण्डर रिफिलिङको व्यवस्था गर्ने भएको हो । 

प्रदेश सरकारले सुर्खेतमा अक्सिजन रिफिलिङको व्यवस्थानका लागि प्रदेश स्वास्थ्य निर्देशनालयलाई १ करोड २० लाख र कालिकोटका लागि स्वास्थ्य सेवा कार्यालय कालिकोटलाई ८० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषदको बैठकले प्रदेशमा अक्सिजनको दिगो र भरपर्दो आपूर्तिलाई सुनिश्चित गर्नेका लागि सुर्खेत र कालीकोटमा रिफिलिङको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवत्ता सीताकुमारी नेपालीले जानकारी दिइन् ।

हाल कर्णालीका सुर्खेत र जुम्लामा सानो क्षमताका अक्सिजन रिफिलिङको व्यवस्था छैन । ठूलो क्षमताको रिफिलिङको सुविधा नहुँदा कर्णालीका सबै जिल्लामा नेपालगञ्जबाट अक्सिजन भरेर ल्याउन पर्ने बाध्यता छ । 

आन्तरिक मामिला, कानून, यूवा तथा खेलकुद मन्त्रीसमेत रहेकी मन्त्री नेपालीका अनुसार रिक्त दरबन्दीमा चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापन गर्ने निर्णयसमेत भएको छ । कोरोना नियन्त्रणका लागि स्वास्थ्यकर्मी अभाव भएका कारण तत्काल रिक्त दरबन्दीमा जनशक्ति व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

त्यस्तै, मन्त्रिपरिषद बैठकले प्रदेश र स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा छात्रवृत्ति करारमा कार्यरत विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृतहरूको समयावधि थप गरेको छ । उनीहरूको करार म्याद सकिएको कारण सायावधि असार मसान्तसम्म थप गरिएको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)