ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले स्वयंसेवक खटाउँदै 

२०७८ जेठ, १३  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल

जेठ १३, वीरेन्द्रनगर ।  कोरोना नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले अब स्वयंसेवक खटाउने निर्णय गरेको छ । शव व्यवस्थापन, अक्सिजनको आपूर्ति र समुदायमा जनचेतना फैलाउनका लागि स्वयंसेवक खटाउने लागिएको हो ।

स्वयंसेवकहरूले मुख्यगरी बाह्य जिल्लाबाट आउने संक्रमितको उपचारमा सहयोग, संक्रमितको मृत्यु भएको खण्डमा दाहसंस्कारको लागि व्यवस्थापन, अस्पतालमा अक्सिजनको सहज आपूर्ति, समुदायमा पुगेर सचेतना फैलाउने र संक्रमितलाई रेखदेखलगायतका काम गर्नेछन् ।

हाल प्रदेशका विभिन्न जिल्लाबाट उपचारका लागि प्रदेश अस्पताल सुर्खेतमा आएका संक्रमितको मृत्यु हुँदा दाहसंस्कारमा समस्या हुँदै आएको छ । 

स्वयंम्सेवक परिचालन भए दाहसंस्कारमा सहज हुनेछ । त्यस्तै संक्रमण कर्णालीका गाउँ–गाउँमा पुगे पनि नागरिकहरु सचेत छैनन् । अब गाउँमा पुग्ने स्वयंसेवकहरूले संक्रमितको अवस्था र सावधानीका उपाय सिकाउने छन् । अवस्था जटिल भएमा प्रकृतिका संक्रमितलाई अस्पतालसम्म पु¥याउन सहयोग गर्नेछन् । हाल अघिकांश संक्रमित अन्तिम अवस्थामा मात्रै अस्पताल नपुगेकै कारण उपचारमा समस्या भएको छ भने मृत्युदर बढ्दो छ ।

स्वयंसेवकका लागि सरकारले आवश्यक मापदण्ड बनाएर स्वेच्छिक रुपमा सार्वजनिक आह्वान गरिने छ । कोरोना नियन्त्रणमा खटिने स्वयंसेवकले भने निःशुल्क रुपमा सेवा गर्नुपर्ने छ । सरकारले चिया खर्च दिए पनि तलव सुविधा भने उपलब्ध गराउने छैन ।

‘महामारीमा सरकारलाई सघाउनका लागि स्वयंसेवक खटाउन लागिएको हो,’ प्रदेश सरकारका प्रवक्तासमेत रहेकी आन्तरिक मामिला, कानून, यूवा तथा खेलकुद मन्त्री सीताकुमारी नेपालीले  बताइन् । 

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना नियन्त्रण, व्यवस्थापन तथा प्रतिकार्यका लागि स्वयंसेवक खटाउने निर्णय गरेको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संरक्षकत्वमा स्वयंसेवक परिचालन हुनेछन् । सामाजिक विकास मन्त्रालयले आवश्यक मापदण्ड तयार पारेपछि स्वयंसेवकका लागि सार्वजनिक आह्वान गर्ने जानकारी दिइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)