ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुर्खेत डेरी उद्योगद्वारा कोरोना संक्रमितलाई निःशुल्क दूध र मही 

२०७८ जेठ, १४  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक

जेठ १४, सुर्खेत । सुर्खेत डेरी उद्योगले प्रदेश आयुर्वेद औषधालयको कोरोना आईसोलेशनमा उपचाररत बिरामीका लागि निःशुल्क दूध र मही उपलब्ध गराउने भएको छ ।  

उद्योगले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड­१९ का बिरामीहरुलाई प्रभावकारी ढंगले उपचार गर्दै आएको प्रदेश आयुर्वेद औषधालयलाई दैनिक ६ लिटर दूध र हप्तामा १ एक दिन मही निःशुल्क उपलब्ध गराउने भएको हो ।

कोरोना संक्रमित भएर उपचारका लागि आईसोलेशनमा रहेका बिरामीलाई छिटो सञ्चो हुन सहयोग पुगोस् भन्ने उद्देश्यले एक महीनासम्म दूध र मही सहयोग गरिने उद्योगका प्रबन्ध निर्देशक माधव धिताले बताए । 

उनले कोरोना महामारीका बेला धेरै ठूलो सहयोग गर्न नसकिएपनि शक्ति र सामर्थ्यले भ्याएसम्म उद्योगले सामाजिक उत्तरदायित्व बहन गरिरहने बताए ।

‘प्रदेश आयुर्वेद औषधालय व्यवस्थापन समितिले कोरोना संक्रमित भएर टाढा–टाढाबाट उपचारका लागि आएका बिरामीलाई एक दिन मही सहयोग गर्न फोन मार्फत आग्रह गरे, उनले भने, ‘यस्तो विपद्को समयमा कोरोनाले आजित भएका नागरिकका लागि एक दिन मात्र किन ? हामी एक महीना निःशुल्क दुध र मही उपलब्ध गराउने बचन दिएका हौं ।’ 

उनले आफ्नो सामाजिक उत्तरदायित्वलाई सर्वोपरी ठानेर मानवताको सेवाका लाग उद्योग हरसम्भव सहयोग गर्न तयार रहेको जिकिर गरे । यता प्रदेश आयुर्वेद औषधालयका डाक्टर शंकरप्रसाद रिजालले औषधालयको आग्रहलाई स्वीकार गरेर सुर्खेत डेरी उद्योगले कोरोना संक्रमितका लागि निःशुल्क दूध र मही उपलब्ध गराएको प्रति धन्यवाद व्यक्त गरे ।

त्यस्तै औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले मुनाफा मात्र नहेरी सुर्खेत डेरी उद्योगले शुरुदेखि नै आफ्नो सामाजिक उत्तरदायित्वलाई सर्वोपरी ठानेर समाज सेवा गर्दै आईरहेको बताए । उनले समृद्ध कर्णाली प्रदेशका लागि आउँदा दिनहरुमा पनि आयुर्वेद औषधालय र सुर्खेत डेरी उद्योगसँग हातेमालो गरेर अगाडि बढिने बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)