ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चौरजहारी नगरपालिकामा लक्ष्यभन्दा बढी राजस्व संकलन हुने अनुमान

२०७८ जेठ, १६  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल

जेठ १६, रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले लक्ष्यभन्दा बढी राजस्व संकलन हुने अनुमान गरेको छ । चालू आर्थिक वर्ष २०७७/७८ मा लिइएको लक्ष्य भन्दा बढी राजस्व संकलन हुने अनुमान गरिएको हो । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म २ करोड ४६ लाख ८२ हजार ७०१ रुपैयाँ संकलन भइसकेको छ । यो कुल लक्ष्यको ८२ दशमलव २८ प्रतिशत हो ।

चौरजहारी नगरपालिकाले चालू आर्थिक वर्षमा तीन करोड राजस्व संकलन गर्ने लक्ष राखेको छ । लक्ष्य अनुसार अर्ब ५३ लाख १७ हजार २१९ रुपैयाँ मात्रै संकलन हुन बाँकी छ । यो पनि सजिलै संकलन हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए । 

चालू आर्थिक बर्षको यो लक्ष्य पनि संशोधित लक्ष्य हो । नगरपालिकाले शुुरुमा २ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । गत फागुन १९ र २० गते भएको नगर सभाले त्यसलाई संशोधन गरी आन्तरिक राजस्व संकलनको लक्ष्य तीन करोड तय गरेको थियो । 

लक्ष्य सजिलै पूरा हुने भएपछि संशोधन गरेर राजस्व संकलनको लक्ष्य एक करोड बढाइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीको भनाइ रहेको छ ।

नगरपालिकाले मालपोत कर, सम्पत्ती कर, व्यवसाय कर, बालुवा गिट्टी, सेवा शुल्क, दस्तुर, नगर बस सेवा, एम्बुलेन्स सेवा, शहीद स्मृति नगर अस्पतालबाट उठ्ने सेवा शुल्क, घर वहाल कर, नक्सा पास दस्तुर, प्रशासनिक दण्ड जरिवाना लगायत शीर्षकबाट राजस्व संकलन गरिरहेको जानकारी दिएको छ । नगरप्रमुख विशाल शर्माले करको दायरा बढाइएको, जनशक्ति बढाइएको कारणले राजस्वको संकलनको लक्ष्य पनि बढाइएको उनले बताए । 

प्रारम्भिक नगर सभाले लक्ष राखेको भन्दा एक करोड बढी लक्ष निर्धारण गर्दा पनि नगरपालिका सहजै लक्ष्य पूरा गर्ने अवस्थामा गएको प्रमुख शर्माले बताए । 

चालू आर्थिक बर्षमा करको दायरा बढाउनुका साथै दायरामा नआएकालाई पनि दायरामा ल्याइएको, त्यसकै लागि नगर प्रहरी, स्वयमसेवक परिचालन गरी लागिएको नगर प्रमुख शर्माले बताए ।

वडाका कर्मचारीदेखि नगरपालिका र सम्पूर्णको प्रतिबद्धता, कटिबद्धताबाट यो सम्भव भएको चौरजहारी नगरपालिकाले जानकारी दिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)