ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

करीब डेढ अर्बको बजेट ल्याउने तयारीमा धरान : कोरोना नियन्त्रण पहिलो प्राथमिकता

२०७८ जेठ, २०  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

जेठ २०, धरान । कोरोना महामारीले आन्तरिक आय प्रभावित भएपछि पुरानै योजनालाई निरन्तरता दिदैं कोभिड नियन्त्रणलाई प्राथमिकता दिने बजेट ल्याउने धरान उपमहानगरपालिकाले तयारी गरेको छ । आर्थिक वर्ष २०७८/७९ का लागि करीब डेढ अर्ब सम्मको बजेट बनाउने तयारीमा धरान उपमहानगरपालिका रहेको छ ।

असार १० गतेसम्म बजेट तथा कार्यक्रम सार्वजनिक गरिसक्नु पर्ने अवस्था रहेकाले राजस्व परामर्श समितिले बजेटको तयारी गरिसकेको छ । समितिकी संयोजक तथा उपमेयर मञ्जु भण्डारी सुवेदीले आन्तरिक आय एकदम न्यून रहेकाले पुरानै योजनालाई निरन्तरता दिदैं कोभिड नियन्त्रणलाई प्राथमिकता दिएर बजेट आउने बताइन् । 

उनका अनुसार चालू आर्थिक वर्ष ५४ करोडको अनुमानित आयमा १४ करोड मात्रै संकलन भएको छ । करीब ३४ करोड घाटामा रहेको उनले बताइन् । 

अघिल्लो वर्षको घाटा पूर्ती गर्दै चालू वर्षको योजना नै निरन्तर दिदैं कोभिड नियन्त्रणलाई पहिलो प्राथमिकता दिएर बजेट आउने उनले बताइन् । उनले भनिन्, राजस्व परामर्श समितिको काम सकिएको छ, सिलिङ वितरण गर्ने छौं, अघिल्लो आवको व्ययभारलाई कसरी व्यवस्थापन गर्ने भनेर छलफल गरिरहेका छौं ।’ कोभिड नियन्त्रणका लागि आइसोलेसन, अक्सिजन सिलिण्डर, स्वास्थ्य उपचारलाई प्राथमिकता दिएर बजेटको तयारी गरिएको उनले बताइन् । 

धरानको बजेटका लागि संघीय सरकारबाट ५० करोड ४५ लाख ८६ हजार र प्रदेशबाट ३ करोड ८४ लाख २२ हजार ९५० रुपैयाँको सिलिङ प्राप्त गरेको छ । संघीय सरकारले समानिकरणतर्फ ३३ करोड ९२ लाख, राजस्वबाट ८ करोड २६ लाख ९३ हजार र अन्तशुल्क बापत पनि ८ करोड २६ लाख ९३ हजार बजेट विनियोजन गरेको छ । 

त्यसैगरि प्रदेश सरकारबाट समानिकरणतर्फ २ करोड १ लाख ४७ हजार र सवारी कर बापत १ करोड ८२ लाख ७५ हजार ९ सय ५० रुपैयाँको सिलिङ प्राप्त गरेको छ । 

संघीय र प्रदेश सरकारबाट आएको बजेटको आधारमा धरानको बजेट बनाउने तयारीमा रहेको मेयर तिलक राईले बताए । उनका अनुसार करीब डेढ अर्बको नजिकमा बजेट बन्ने भएको छ । 

उनले भने, अघिल्लो वर्ष अनुदानबाट आउने रकमहरु पनि आएन, त्यसले पनि प्रभाव पायो, यो वर्ष पनि आउँछ भन्ने आशा गर्ने पर्नेछ, त्यसैलाई पनि आधार बनाएर बजेट बनाउने छौं ।’ बजेटलाई यथार्थपरक बनाउँदै अघिल्लो वर्षको भन्दा सानो आकारको बजेट बनाउने उनले बताए । 

चालू वर्ष धरान उपमहागनरपालिकाको बजेट एक अर्ब ७७ करोड ९१ लाख रुपैयाँ रहेको थियो । कोरोनाको महामारीले करीब ४० प्रतिशत मात्रै बजेट खर्च गर्न सफल भएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)